Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

२३ प्रतिशत एचआइभी सङ्क्रमित उपचार बाहिर

खबरडबली संवाददाता

काठमाडौं । देशभरका करिब २३ प्रतिशत एचआइभी सङ्क्रमित व्यक्ति उपचार सेवाबाट बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।

३८ औँ विश्व एड्स दिवसका अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार कूल सङ्क्रमितमध्ये ७७ प्रतिशतले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् ।

केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएकोमा २६ हजार ३७२ ले नियमित एआरटी सेवा लिइरहेका छन् ।

सरकारले ६४ जिल्लाका ९६ एआरटी केन्द्रमार्फत एआरभी उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२४ मा ६१४ जनामा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ, जुन सन् २००० को तुलनामा ८९ प्रतिशतले घटेको हो। सन् २००० मा पाँच हजार छ सय जनामा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको थियो । सोही अवधिमा १४ वर्षमुनिका ३७ बालबालिकामा पनि सङ्क्रमण भएको अनुमान केन्द्रले जनाएको छ ।

सन् २०२४ मा मात्र ५६९ जनाको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ, जुन सन् २०१० को तुलनामा ८६ प्रतिशतले कमी भएको केन्द्रले जनाएको छ ।

नेपालमा एचआइभीको अवस्थालाई ‘केन्द्रिकृत महामारी’ का रूपमा परिभाषित गरिएको छ । डा. शर्माका अनुसार जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमणदर पाँच प्रतिशतभन्दा बढी छ भने सामान्य समुदाय वा प्रसूति सेवा लिएका गर्भवती महिलामा यो दर एक प्रतिशतभन्दा कम छ ।

सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी यौनकर्मी, र कारागारमा रहेका कैदीबन्दीमा एचआइभी सङ्क्रमणदर अपेक्षाकृत उच्च रहेको केन्द्रको भनाइ छ ।

सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षणले सुईद्वारा लागु पदार्थ प्रयोगकर्तामा तीन प्रतिशत सङ्क्रमण रहेको देखाएको छ । त्यस्तै, सन् २०१७/१८ को सर्वेक्षणले महिला यौनकर्मीमा २.२ प्रतिशत र पुरुष समलिङ्गीमा ६.२ प्रतिशत सङ्क्रमण देखाएको थियो ।

सन् २०२४ को सर्वेक्षणले भारतमा काम गर्न जाने नेपाली कामदारमा ०.२ प्रतिशत र वयस्क जनसङ्ख्यामा ०.१३ प्रतिशत सङ्क्रमण दर देखाएको छ । नेपालमा दैनिक झन्डै १.७ जनामा एचआइभी सङ्क्रमण हुने अनुमान छ ।

सरकारले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ। डा. शर्माका अनुसार सरकार ९५-९५-९५ लक्ष्य तथा एचआइभी जाँच–उपचार रणनीतिमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ। तर, उपचारमाथि रहेका सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने तेस्रो लक्ष्य हासिल गर्न कठिन भइरहेको उनले बताए ।

सरकारले सन् २०२६ सम्म अनुमानित एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशत पहिचान गर्ने, उपचारमा ल्याइएका ९५ प्रतिशतमा नियमित एआरटी सेवा सुनिश्चित गर्ने, उपचारमा रहेका ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ सङ्क्रमण ९० प्रतिशतले घटाउने तथा आमा–बच्चा सर्ने सङ्क्रमण रोक्ने लक्ष्य लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: