काठमाडौं । देशभरका करिब २३ प्रतिशत एचआइभी सङ्क्रमित व्यक्ति उपचार सेवाबाट बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।
३८ औँ विश्व एड्स दिवसका अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार कूल सङ्क्रमितमध्ये ७७ प्रतिशतले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् ।
केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएकोमा २६ हजार ३७२ ले नियमित एआरटी सेवा लिइरहेका छन् ।
सरकारले ६४ जिल्लाका ९६ एआरटी केन्द्रमार्फत एआरभी उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२४ मा ६१४ जनामा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ, जुन सन् २००० को तुलनामा ८९ प्रतिशतले घटेको हो। सन् २००० मा पाँच हजार छ सय जनामा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको थियो । सोही अवधिमा १४ वर्षमुनिका ३७ बालबालिकामा पनि सङ्क्रमण भएको अनुमान केन्द्रले जनाएको छ ।
सन् २०२४ मा मात्र ५६९ जनाको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ, जुन सन् २०१० को तुलनामा ८६ प्रतिशतले कमी भएको केन्द्रले जनाएको छ ।
नेपालमा एचआइभीको अवस्थालाई ‘केन्द्रिकृत महामारी’ का रूपमा परिभाषित गरिएको छ । डा. शर्माका अनुसार जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमणदर पाँच प्रतिशतभन्दा बढी छ भने सामान्य समुदाय वा प्रसूति सेवा लिएका गर्भवती महिलामा यो दर एक प्रतिशतभन्दा कम छ ।
सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी यौनकर्मी, र कारागारमा रहेका कैदीबन्दीमा एचआइभी सङ्क्रमणदर अपेक्षाकृत उच्च रहेको केन्द्रको भनाइ छ ।
सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षणले सुईद्वारा लागु पदार्थ प्रयोगकर्तामा तीन प्रतिशत सङ्क्रमण रहेको देखाएको छ । त्यस्तै, सन् २०१७/१८ को सर्वेक्षणले महिला यौनकर्मीमा २.२ प्रतिशत र पुरुष समलिङ्गीमा ६.२ प्रतिशत सङ्क्रमण देखाएको थियो ।
सन् २०२४ को सर्वेक्षणले भारतमा काम गर्न जाने नेपाली कामदारमा ०.२ प्रतिशत र वयस्क जनसङ्ख्यामा ०.१३ प्रतिशत सङ्क्रमण दर देखाएको छ । नेपालमा दैनिक झन्डै १.७ जनामा एचआइभी सङ्क्रमण हुने अनुमान छ ।
सरकारले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ। डा. शर्माका अनुसार सरकार ९५-९५-९५ लक्ष्य तथा एचआइभी जाँच–उपचार रणनीतिमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ। तर, उपचारमाथि रहेका सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने तेस्रो लक्ष्य हासिल गर्न कठिन भइरहेको उनले बताए ।
सरकारले सन् २०२६ सम्म अनुमानित एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशत पहिचान गर्ने, उपचारमा ल्याइएका ९५ प्रतिशतमा नियमित एआरटी सेवा सुनिश्चित गर्ने, उपचारमा रहेका ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ सङ्क्रमण ९० प्रतिशतले घटाउने तथा आमा–बच्चा सर्ने सङ्क्रमण रोक्ने लक्ष्य लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: