उदयपुर । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले कोशी प्रदेश राजधानी विराटनगरमा आगामी मंसिर १५ गते आयोजना हुन लागेको एकता सन्देशसभामा जिल्लाबाट करिब दुई हजार नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुक सहभागी गराउने भएको छ ।
जिल्लास्थित नेकपाको बिहीबार बसेको संयुक्त बैठकले विराटनगरमा हुने सन्देशसभालाई पार्टी एकताको शक्तिशाली प्रदर्शनका रूपमा प्रस्तुत गर्ने लक्ष्यसहित आठवटै स्थानीय तहबाट सहभागी जुटाउने निर्णय गरेको हो ।
तत्कालिन नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक तथा अहिले नवगठित नेकपा उदयपुरका नेतृत्वकर्ता द्रोण पौडेल ‘निरज’ ले प्रदेश पार्टीले जिल्लालाई सात सयको मात्र कोटा तोके पनि संयुक्त बैठकले झन्डै दुई हजार सहभागी लैजाने सहमति भएको जानकारी दिए ।
उनले भने, “एकतामा सहभागी भएका पूर्व माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा चिरन सि समूहलगायत विभिन्न घटकहरू अहिले एउटै संरचनामा संगठित भएका छन् । यही एकतालाई विराटनगरको सभामा शक्तिशाली रूपमा देखाउनेछौँ । उदयपुरमा एकता भेला मंसिर २० गते आयोजना गर्ने तयारी पनि भइरहेको छ ।”
यसअघिको तयारी बैठकलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य बलदेव चौरीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका त्रुटिपूर्ण निर्णयहरूका कारण ‘जेन–जी’ आन्दोलन जन्मिएको दाबी गरे । उनका अनुसार, नयाँ राजनीतिक परिस्थिति र जेन–जी आन्दोलनको उभारले कम्युनिस्ट शक्तिलाई पुनः ध्रुवीकृत गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्न प्रेरित गरेको हो ।
चौरीले भने, “जेन–जी आन्दोलनले उठाएका मुद्दा आज नेपाली कम्युनिस्ट पार्टीका मूल एजेन्डा बनेका छन् । अब देशलाई नयाँ दिशा दिने गरी एकीकृत कम्युनिस्ट आन्दोलन अघि बढ्छ ।”
त्यसैगरी बैठकका प्रमुख अतिथि तथा नेकपा केन्द्रीय सदस्य हरिबोल गजुरेलले हरेक ठूलो आन्दोलनपछि कम्युनिस्ट आन्दोलनमा नयाँ ध्रुवीकरण हुने विशेषता दोहोरिने उल्लेख गरे । उनले २०४६ सालको जनआन्दोलनपछि देखिएको कम्युनिस्ट विभाजन र त्यसपछि बनेका दुई धाराले देशलाई क्रमशः गणतन्त्र र कम्युनिस्ट सरकारको अनुभूति दिलाएको ऐतिहासिक उदाहरण स्मरण गरे ।
गजुरेलले भने, “जेन–जी आन्दोलनपछि पनि कम्युनिस्टबीच फेरि एकता भएको छ । अहिलेको यो एकता संविधानको रक्षा गर्दै देशलाई समाजवादको बाटोमा लैजाने उद्देश्यसहित अघि बढेको छ । समाजका संरचनागत समस्याको समाधान समाजवादी मार्गबाट मात्रै सम्भव छ ।”
एकतापछि उदयपुरमा बसेको यो संयुक्त बैठक सबै घटकको उपस्थिति रहेको पहिलो औपचारिक बैठक हो । बैठकले पार्टी संरचना सुदृढीकरण, विराटनगर सभाको तयारी, र जिल्लास्तरीय एकता कार्यक्रमको व्यवस्थाबारे विभिन्न निर्णयहरू पनि गरेको जानकारी दिइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: