बैंकक । म्यान्माका सैन्य शासक अर्को महिनाको आम निर्वाचनअघि देशभित्रको राजनीतिक वातावरणलाई नरम देखाउन तीन हजारभन्दा बढी राजनीतिक बन्दीलाई माफी दिने र पाँच हजार ५०० भन्दा बढीमाथि लागेको मुद्दा खारेज गर्ने निर्णयमा पुगेका छन् ।
याङ्गुनस्थित कुख्यात इन्सेन कारागारका एक अधिकारीले नाम नछाप्ने शर्तमा कैदीको रिहाइ बिहीबारदेखि सुरु भएको जानकारी दिएका छन् । तर, कति र कुन व्यक्ति छुट्दै छन् भन्ने विवरण भने उनले सार्वजनिक गरेनन् । विगतमा पनि यस्ता सामूहिक माफीनामा कैदीलाई बाहिर निस्किन केही दिन लाग्ने गरेको छ ।
दशकौँदेखि राजनीतिक बन्दीलाई हिरासतमा राख्ने मुख्य स्थानको रूपमा सेवा गरिरहेको इन्सेन जेल बाहिर आम माफीअन्तर्गत रिहा भइरहेका साथी र आफन्तलाई स्वागत गर्न बिहीबार बिहान दर्जनौँ मानिस भेला भएका थिए । तर, पूर्व नेत्री आङ सान सुकीलाई पनि रिहा हुने हो कि होइन भन्ने बारे भने कुनै पुष्टि गरिएको छैन ।
सन् २०२१ फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेपछि सुकी निरन्तररूपमा सम्पर्कविहीन हुनुहुन्छ । राज्य सञ्चालित एमआरटिभीका अनुसार डिसेम्बर २८ मा हुने बहुदलीय लोकतान्त्रिक चुनाव अगाडि ‘सबै योग्य मतदाताले स्वतन्त्र, निष्पक्ष र अवरोधरहित रूपमा मतदान गर्न सकून्’ भन्ने उद्देश्यले माफी दिने निर्णय गरिएको हो ।
म्यान्माको राज्य सुरक्षा तथा शान्ति आयोगले दण्ड संहिताको धारा ५०५(ए) अन्तर्गत दोषी ठहर गरिएका तीन हजार ८५ कैदीलाई माफी दिएको बताइएको छ । ‘उक्साहट’ भनेर चिनिने यो प्रावधानले जनअशान्ति फैलाउने, डर उत्पन्न गराउने वा झुटा समाचार प्रवाह गर्ने कार्यलाई अपराध ठहर गर्छ, जसका आधारमा थुप्रै राजनीतिक बन्दीलाई धरपकड गरिएको थियो ।
त्यसै गरी, ७२४ कैदीलाई सःशर्त रिहाइ दिइएको छ, जसअनुसार भविष्यमा कुनै पनि अपराधमा फसेमा, पुरानै सजायको बाँकी अवधि र नयाँ सजाय दुवै भोग्नु पर्ने छ । अर्को छुट्टै घोषणामा मुद्दा चलिरहेका तथा मुद्दापछि लुकी बसेका पाँच हजार ५८० माथिको आरोप पनि खारेज गरिने उल्लेख छ ।
तर, आलोचकले निर्वाचनलाई स्वतन्त्र वा निष्पक्ष हुने सम्भावना अत्यन्त न्यून भएको बताइरहेका छन् । स्वतन्त्र मिडिया नहुनु, सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका शीर्ष नेताको गिरफ्तारी तथा व्यापक दमन वातावरणका कारण चुनावको विश्वसनीयता नै प्रश्नमा परेको छ ।
राजनीतिक बन्दीमाथि नजर राख्ने स्वतन्त्र संस्था असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) का अनुसार बुधबारसम्म मात्र सुकीसहित करिब २२ हजार ७०८ राजनीतिक बन्दी हिरासतमा रहेका छन् । ८० वर्षीया सुकीमाथि लगाइएका मध्ये अधिकांश अभियोगलाई समर्थकले शुद्ध राजनीतिक प्रतिशोध भनेका छन् ।
उनि हाल २७ वर्षको कैद सजाय भोगिरहनुभएको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि उत्पन्न भएको देशव्यापी अहिंसात्मक प्रतिरोध पछिल्लो वर्षमा फैलदै सशस्त्र प्रतिरोधमा रूपान्तरण भइसकेको छ, जसले देशलाई अझै अस्थिर बनाइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: