Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

इमरान खानको स्वास्थ्यबारे फैलिएको ‘अफवाह’ स्पष्ट पार्न सरकारसँग आग्रह

खबरडबली संवाददाता

इस्लामाबाद । पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीले हिरासतमा रहेका संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्य सम्बन्धी बढ्दै गएको ‘अफवाह’का बिच उनकै सुरक्षाबारे औपचारिक र पारदर्शी स्पष्टीकरण तुरुन्तै दिन सरकार समक्ष अनुरोध गरेको छ । 

पार्टीले डन दैनिकलाई उद्धृत गर्दै इमरान खान र उनको परिवारबिच छिटोभन्दा छिटो भेटको व्यवस्था मिलाउन पनि माग गरेको छ । हालैका दिनमा इमरान खानका बहिनीलाई अडियाला जेलमा भेट्न अनुमति नदिँदा परिवारजन र समर्थकबिच गम्भीर चिन्ता बढेको छ । बहिनीलाई उनको वास्तविक अवस्थाबारे सोधपुछ गर्न र जेल प्रशासनले स्पष्ट धारणा नदिएकाले सुविधा बाहिरै धर्ना दिनसमेत आग्रह गरिएको थियो ।

डनका अनुसार यी सबै शङ्का सामाजिक सञ्जाल एक्समा तीव्ररूपमा फैलिएका अप्रमाणित दाबीसँग जोडिएका हुन् । केही भारतीय सञ्चार माध्यमले समेत इमरानको स्वास्थ्य र सम्भावित निधनसम्बन्धी आधारहीन समाचार विस्तार गरेपछि ‘इमरान खान कहाँ हुनुहुन्छ ?’ ह्यास ट्याग बिहीबार बिहान प्लेटफर्ममा व्यापकरूपमा ट्रेन्ड भएको थियो ।

एक्समै जारी गरिएको विज्ञप्तिमा पिटिआईले ‘अफगान तथा भारतीय मिडिया र विदेशी सामाजिक मिडिया खाताबाट इमरान खानको अवस्थाबारे घृणास्पद प्रकृतिका अफवाह फैलाइएको’ आरोप लगाएको छ । पार्टीले वर्तमान सरकार र गृह मन्त्रालयले यी सबै दाबीलाई तुरुन्तै खण्डन गर्न, तथ्यसहित जनतालाई जानकारी गराउन तथा परिवारसँग तुरुन्तै भेटको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

पार्टीले भनेको छ, “इमरान खानको स्वास्थ्य, सुरक्षा र वर्तमान स्थितिसम्बन्धी राज्य पक्षबाट पारदर्शी र आधिकारिक विवरण सार्वजनिक हुनु अनिवार्य छ ।” साथै, यस्तो संवेदनशील विषयमा अफवाह फैलाउनेको छानबिन गरी सत्य बाहिर ल्याइनुपर्ने मागसमेत पार्टीले गरेको छ । विज्ञप्तिमा भनिएको छ, “राष्ट्रले आफ्ना नेताको अवस्थाबारे कुनै पनि अनिश्चितता सहन सक्दैन ।”

पिटिआईले पुनः सरकारलाई ‘इमरान खानको सुरक्षा, मानवअधिकार र संवैधानिक अधिकारको रक्षा सुनिश्चित गर्न’ स्मरण गराउँदै आफू सत्यको खोजीमा प्रत्येक कानुनी र राजनीतिक विकल्प प्रयोग गर्न तयार रहेको स्पष्ट पारेको छ । पार्टी नेत्री मेहर बानो कुरेसीले पनि इमरान खानसम्बन्धी अफवाहलाई अत्यन्त चिन्ताजनक बताउँदै एक्समा लेखेका छन्, “खान साहेबको सुरक्षाको पूर्ण जिम्मेवारी सरकारकै हो र राष्ट्रलाई अद्यावधिक जानकारी दिनु यसको कर्तव्य हो ।” 

उनले इमरान खानका बहिनी, वकिल तथा पार्टी नेतालाई भेट्न अनुमति दिनु नै ‘सबैभन्दा विश्वसनीय र पारदर्शी उपाय’ भएको बताए । यसबिच, रक्षामन्त्री ख्वाजा आसिफले बढ्दो अनुमानबारे टिप्पणी गर्दै एउटा पुरानो भिडियोको सन्दर्भ दिए । जसमा इमरान खानले पूर्व प्रधानमन्त्री नवाज सरिफले जेलमा सुविधा मागेको भन्दै आलोचना गरेका थिए । 

आसिफले इमरानकै जेल कोठामा ‘टेलिभिजन, बाहिरबाट ल्याइने भोजन तथा व्यायामका मेसिनको व्यवस्था रहेको’ दाबी गरे । आफू जेलमा हुँदा कम्बल अभाव र तातो पानी नपाई चिसो भुइँमा सुत्नु परेको अनुभव सुनाउँदै उनले भने, “इमरानलाई दोहोरो ओछ्यान र मखमली सिरक उपलब्ध छ, जेल सुपरिटेन्डेन्टले व्यक्तिगत रूपमा हेरचाह गर्छन् ।”

आसिफले यस अवस्थालाई व्यङ्ग्य गर्दै भने, “इमरान खानले जेलको लाउडस्पीकरमै आफ्ना भाषण सुन्नुपर्छ, उनले भगवानसँग डराउनुपर्छ ।” ७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि हिरासतमा हुनुहुन्छ र हाल १९ करोड पाकिस्तानी रूपियाँको भ्रष्टाचार मुद्दामा अडियाला जेलमा थुनामा छन् । सन् २०२३ मे ९ को घटनासँग सम्बन्धित आतङ्कवाद विरोधी ऐनअन्तर्गत उनिमाथि थप मुद्दासमेत दायर गरिएका छन् । उनको स्वास्थ्य र सुरक्षाबारे पिटिआईले निरन्तर चिन्ता व्यक्त गर्दै आएको डनले उल्लेख गरेको छ । रासस/एएनआई 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending