बैतडी। जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरमा गोप्य सूचनाको आधारमा बिहीबार गरिएको खानतलासीबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए।
गोप्य सूचनामा भागीराम लुहारले घरमै भरुवा बन्दुक बनाउने गरेको बताएको छ । गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले घरमा छानबिन गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको निरीक्षक बडूले बताउनुभयो ।
बरामद भएका पाँच बन्दुकमध्ये तीन थान साबुत अवस्थामा रहेका छन् भने दुई थान बेसाबुत (अपूर्ण) अवस्थामा भेटिएको बडुले जानकारी दिए। भागीराम हाल उपचारका लागि भारतमा रहेको बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा पछिल्लो समय अवैध हतियार नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । यसअघि गएको शनिबार पञ्चेश्वर गाउँपालिका–३ हल्दुविनायकबाट पनि एक थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: