धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य भएको बताएका छन् ।
आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै उनले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गरे । सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे ।
गणतन्त्र स्थापना पश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उनको भनाई थियो । “सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ । त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ,” संयोजक प्रचण्डले भने ।
उक्त सभामा सम्बोधन गर्ने क्रममा प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताउँदै यसअघि आज जस्ता सभामा ठूलै रकम खर्च गर्नुपर्ने भए पनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकिएको बताए ।
‘आज हामीलाई कता कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अलि ठूलै रकम खर्च गर्नुपरेको थियो तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौं तर जनसमुदायले साथ दिनुभयाे,’ उनले भने ।
एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउँदै प्रचण्डले एमालेतिर पनि ध्यान रहेको बताए । १५ वटा वाम घटकबीच एकता हुनु नेपालको इतिहासमै पहिलो रेकर्ड भएको प्रचण्डले दाबी गरे । देशभरका क्रान्तिकारीले नेपाली कम्युनिस्ट पार्टीलाई आशा र नयाँ भरोसाका साथ हेरिरहेको उनकाे भनाइ छ ।
उनले भने, ‘यत्ति भयो पुग्यो भन्नेमा हामी छैनौं, हामी अझै पनि वृहत् वामन्थी एकता हुनुपर्दछ र यो राष्ट्रको रक्षाको निम्ती, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ती हामीले अन्य वामपन्थी शक्तिहरूसँग पनि, हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ, एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै नै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ ।’
एमालेबाट नेकपामा प्रवेश गरेकालाई धन्यवाद दिँदै प्रचण्डले एमालेभित्र रहेका सबै देशभक्त, वामपन्थी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान गरे । ‘हामीले नेपाली कम्युनिस्ट पार्टी भन्ने नाम त्यत्तिकै राखेका होइनौं, सबैलाई अट्न सक्ने, सबैको अधिकार, सबैको क्षमता प्रयोग हुनसक्ने नेपाली कम्युनिस्ट, सबै अट्न सक्छ, अब यहाँ माओवादी छैन, कोही समाजवादी छैन, कोही के केन्द्र छैन, कोही अर्को छैन सबै नेपाली कम्युनिस्ट, त्यसकारण अब पुच्छर झुण्डाइराख्न पर्ने आवश्यकता छैन, हामी सबै नेपाली कम्युनिस्ट,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: