Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

समलिङ्गी विवाहमा प्रतिबन्ध संवैधानिक भएको टोकियो उच्च अदालतको निर्णय

खबरडबली संवाददाता

काठमाडाैँ । जापानको टोकियो उच्च अदालतले समलिङ्गी विवाहमा देशले लगाएको प्रतिबन्धलाई संवैधानिक ठहर गर्दै त्यसलाई विद्यमान रूपमै कायम राख्ने निर्णय गरेको छ ।

यससँगै राष्ट्रव्यापी रूपमा दायर ६ वटा समान मुद्दामध्ये सरकारको पक्षमा उभिने यो पहिलो उच्च अदालत बनेको क्योदो न्युजले जनाएको छ ।

उच्च अदालतले समलिङ्गी जोडीहरूलाई विवाह गर्न नदिनेलगायत हाल लागू भएका नागरिक कानूनका प्रावधानहरू वर्तमान अवस्थामा ‘उचित र वैध’ रहेको ठहर गरेको छ ।

यो फैसला सप्पोरो, टोकियो, नागोया, ओसाका र फुकुओकाका उच्च अदालतहरूको अघिल्लो निर्णय विपरीत छ । ती अदालतमा समलिङ्गी विवाहको कानूनी मान्यता नदिनु असंवैधानिक ठहर गरिएको थियो । यद्यपि ती निर्णयहरूले पनि क्षतिपूर्तिको माग भने खारेज गरेका थिए ।

छ वटा मुद्दामध्ये अन्तिम फैसला सुनाउँदै न्यायाधीश अयुमी हिगाशीले समलिङ्गी विवाहसम्बन्धी संवैधानिक बहसलाई ‘पहिले संसद्मा गम्भीररूपमा छलफल हुनुपर्ने विषय’ भएको टिप्पणी गरिन् । सर्वोच्च अदालतले यस विषयमा एकीकृत निर्णय आगामी वर्ष कुनै समयमा सुनाउने अपेक्षा गरिएको क्योदो न्युजले जनाएको छ ।

पछिल्लो मुद्दामा ४० देखि ६० वर्ष उमेर समूहका आठ वादीले नागरिक कानूनले समलिङ्गी विवाहलाई रोक्दै आएको प्रावधानले समानताको अधिकार र विवाह गर्ने स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी उल्लङ्घन गरेको तर्क गर्दै प्रत्येकले १० लाख येन (अन्दाजी ६ हजार ४०० अमेरिकी डलर) क्षतिपूर्तिको माग गरेका थिए । सरकार पक्षले भने संविधानले विवाहलाई पुरुष र महिला बीचको सम्बन्धका रूपमा परिभाषित गरेको भन्दै दाबी अस्वीकार गरेको छ ।

उनीहरूले यो मुद्दामा टोकियो जिल्ला अदालतको सन् २०२४ मार्चको फैसलाविरुद्ध अपिल गरेका थिए, जसले उक्त अवस्थालाई ‘असंवैधानिक अवस्था’ भने पनि क्षतिपूर्तिको माग खारेज गरेको थियो ।

अहिलेसम्म जारी १२ वटा उच्च र तल्लो अदालतका निर्णयहरूमध्ये ओसाका जिल्ला अदालतसमेत समलिङ्गी विवाहको कानूनी मान्यता रोक्ने संवैधानिकताका पक्षमा उभिन सफल भएको एक मात्र अदालत रहेको छ ।

जापानी संविधानको धारा २४ मा ‘विवाह दुवै लिङ्गको आपसी सहमतिमा आधारित हुनेछ’ भनेर उल्लेख गरिएको छ । यही व्याख्यालाई आधार मान्दै सरकारले समलिङ्गी विवाह वैधानिक गर्न नपाइने तर्क गर्दै आएको हो ।

एलजिबिटी समुदाय र मानवअधिकार समर्थकहरूको बढ्दो दबाबबीच पनि जापान समलिङ्गी विवाह वा नागरिक सङ्घलाई वैधानिकता नदिइरहेको सात विकसित राष्ट्रहरू (जी–७) मध्ये एक मात्र देश बनेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: