काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ओखलढुङ्गामा नेतृत्वले व्यक्तिको स्वार्थमा विधि मिचेर एकलौटी गर्न खोजेको भन्दै २० जना उम्मेदवारले निर्वाचन प्रक्रिया नै अस्वीकार गरेका छन् । शुक्रबार उनीहरुले पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रिया बहिष्कार गरेको घोषणा गरेका हुन् ।
संविधानसभा सदस्य हर्कबोल राई, नेता शकुन्तला राजभण्डारी, पूर्व जिल्ला अध्यक्ष तथा पूर्व मेयर मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव अस्मिता थापालगायत नेताहरूले पत्रकार सम्मेलन गर्दै जिल्ला नेतृत्वलाई विधिसम्मत प्रक्रिया अपनाउन आग्रह गरे ।
पूर्व अध्यक्ष श्रेष्ठले भने–‘जिल्ला कमिटी र निर्वाचन समितिले केन्द्रीय संगठन विभाग र प्रदेश कमिटीको निर्देशन अवज्ञा गरेको छ। पालिका कमिटीको जायज मागलाई बेवास्ता गरिएको छ। सहमति नभएमा पालिकामै मतदान गरिनुपर्ने हाम्रो अनुरोधलाई नजरअन्दाज गरियो,’ उनले भने, ‘ओखलढुंगाबाट महाधिवेशनमा १२ प्रतिनिधि चयन गर्नुपर्ने अवस्थामा केही नेताले बलपूर्वक लिस्ट टाँस्ने प्रयास गरिरहेका छन्। केन्द्र, प्रदेश र पालिका कमिटीको निर्देशनको अवज्ञाले पार्टीमा गलत प्रवृत्ति स्थापना गर्ने जोखिम बढाएको छ। यो कदम संगठनको हितका लागि उठाइएको हो।’
उनीहरूले निर्वाचन समितिले पालिकास्तरमै मतदानको व्यवस्था नगरे प्रतिनिधि छनोट प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: