काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ओखलढुङ्गामा नेतृत्वले व्यक्तिको स्वार्थमा विधि मिचेर एकलौटी गर्न खोजेको भन्दै २० जना उम्मेदवारले निर्वाचन प्रक्रिया नै अस्वीकार गरेका छन् । शुक्रबार उनीहरुले पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रिया बहिष्कार गरेको घोषणा गरेका हुन् ।
संविधानसभा सदस्य हर्कबोल राई, नेता शकुन्तला राजभण्डारी, पूर्व जिल्ला अध्यक्ष तथा पूर्व मेयर मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव अस्मिता थापालगायत नेताहरूले पत्रकार सम्मेलन गर्दै जिल्ला नेतृत्वलाई विधिसम्मत प्रक्रिया अपनाउन आग्रह गरे ।
पूर्व अध्यक्ष श्रेष्ठले भने–‘जिल्ला कमिटी र निर्वाचन समितिले केन्द्रीय संगठन विभाग र प्रदेश कमिटीको निर्देशन अवज्ञा गरेको छ। पालिका कमिटीको जायज मागलाई बेवास्ता गरिएको छ। सहमति नभएमा पालिकामै मतदान गरिनुपर्ने हाम्रो अनुरोधलाई नजरअन्दाज गरियो,’ उनले भने, ‘ओखलढुंगाबाट महाधिवेशनमा १२ प्रतिनिधि चयन गर्नुपर्ने अवस्थामा केही नेताले बलपूर्वक लिस्ट टाँस्ने प्रयास गरिरहेका छन्। केन्द्र, प्रदेश र पालिका कमिटीको निर्देशनको अवज्ञाले पार्टीमा गलत प्रवृत्ति स्थापना गर्ने जोखिम बढाएको छ। यो कदम संगठनको हितका लागि उठाइएको हो।’
उनीहरूले निर्वाचन समितिले पालिकास्तरमै मतदानको व्यवस्था नगरे प्रतिनिधि छनोट प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: