काठमाडौं । नदी किनारामा बस्ने स्थानीयले पछिल्लो समय माछा मार्न र बालुवा चाल्न छाडेर पतेरो किरा समाउन थालेका छन् । समूहमा बस्ने र समाउन सजिलो हुने यो किरा एक परिवारले एक बिहानमै एक किलोसमेत सङ्कलन गर्न सक्ने र खोलामै तीन हजार दुई सय रुपियाँसम्म पाउने भएपछि धादिङ, काभ्रे, सिन्धुपाल्चोक, रामेछापलगायत क्षेत्रमा पतेरो खोज्नेको भीड लागेको हो ।
धादिङको त्रिशूली, काभ्रे–सिन्धुपाल्चोकको इन्द्रावती तथा सुनकोशी, लमजुङको बोराङखोला र चेपेखोलामा स्थानीय रातदिन खोला किनारामा बस्दै पतेरो खोजिरहेका छन् । “हामीलाई कानुनको जानकारी छैन, भेटिने किरा समाएर बेच्दै आएका हौँ,” सिन्धुपाल्चोकका बिर्कमान माझीले भने ।
स्थानीय निकाय तथा सम्बन्धित कार्यालयले भने यसको प्रयोग र प्रभावबारे अध्ययन आवश्यक रहेको बताउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय धुलिखेलले पतेरो के प्रयोजनका लागि सङ्कलन भइरहेको हो भनेर आफूहरू अनभिज्ञ रहेको जनाएको छ ।
गत चैतमा लमजुङ प्रहरीले चार किलो पतेरो किरासहित एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका जिम्पा तामाङले स्थानीयबाट किनेका किरा चिनियाँ व्यापारीलाई प्रतिकिलो १२ हजार रुपियाँमा बेच्ने गरेको बयान दिएका थिए । चीनमा यो किरा छालासम्बन्धी औषधि बनाउन प्रयोग हुने बताइन्छ ।
किरा समात्ने, बेचबिखन गर्नेमा कानुनी कारबाही हुने उल्लेख भए पनि स्पष्ट कानुनी आधार भने प्रहरीले प्रस्ट्याउन सकेको छैन । काभ्रे प्रहरी र वन कार्यालयले हालै इन्द्रावती–सुनकोशी किनारामा पत्तो लागेको पतेरोको नमुना संकलन गरी थप अध्ययन थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: