Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सुदूूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न

खबरडबली संवाददाता

कैलाली । यही मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको छ । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्तिसुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको विषयमा प्रदेशका तर्फबाट प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि छलफल हुनेछ ।

आज यहाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको अध्यक्षता बसेको सुदूूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठकले चारवटै सुरक्षा निकाय, प्रदेश निर्वाचन कार्यालयको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयोजन गरी प्रस्तुतीकरण तयार गर्ने निर्णयसमेत गरेको छ ।

सुरक्षा गोष्ठीमा व्यवस्थापकीय पक्ष जिल्ला प्रशासन कार्यालय कैलाली, आर्थिक व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीको साझेदारीमा गर्ने निर्णय भएको छ ।

यस्तै, प्रदेशअन्तर्गत रहेका आपत्कालीन गोदामघरहरुको व्यवस्थापन प्रचलित कानुनबमोजिम हुने गरी अनुगमन तथा निरीक्षणका लागि चारवटै सुरक्षा निकायको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यथाशीघ्र अनुगमन तथा निरीक्षण टोली गठन गरी महिनामा एकपटक निरीक्षणको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१३ धनगढी विमानस्थल परिसरभित्र रहेको प्रादेशिक आपत्कालीन गोदामघरको व्यवस्थापन प्रचलित कानुनबमोजिम गर्ने गरी सुरक्षा प्रबन्धका लागि मात्र आवश्यक जनशक्ति व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीलाई सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending