ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङ बजारमा आगलागी भएको छ ।
भञ्ज्याङ बजारका स्थानीय लक्ष्मी तामाङको घरमा शुक्रबार दिउँसो आगलागी भएको हो । भुँइतला पक्की र माथि जस्तापाता तथा काठसमेत प्रयोग गरिएको तामाङको घरमा आगलागी भएको हो ।
शुक्रबार भएको आगो अझै नियन्त्रणमा आइनसकेको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)ले जानकारी दिइन । उपाध्यक्ष कडरियाका अनुसार घरको पक्कीभन्दा माथिको संरचना जलेर नष्ट भइसकेको छ । तामाङको घरमा लागेको आगो नियन्त्रणका लागि साब्लाखु प्रहरी चौकी, स्थानीयवासी लगायतले पहल गरिरहेका गाउँपालिकाकी कर्मचारी (रोजगार संयोजक) फूलमाया पन्दाकले जानकारी दिइन ।
यता उपाध्यक्ष कडरियाको क्वार्टर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित अन्य कर्मचारीको कोठासमेत सोही तामाङको घरमा रहेकाले आगलागीबाट ठूलो क्षति हुने स्थानीयले बताएका छन् ।
घरको भुँइतलामा किरान पसल, होटलसमेत सञ्चालित रहेको थियो । अझै आगो नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउनलाई पनि समय लाग्ने प्रहरीले जनाएको छ । आगलागीको कारणसमेत खुली सकेको छैन ।
गाउँपालिकासँग वारुणयन्त्र (दमकल) नहुँदा आगो नियन्त्रणमा लिनलाई समस्या भइरहेको बताइएको छ । दायाँबायाँका घर तथा संरचना भने स्थानीयले जोगाउने प्रयास गरिरहेका बुझिएको छ। साब्लाखु भञ्ज्याङ बजार सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको बजार हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: