Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदलिनुपर्छ: प्रचण्ड

खबरडबली संवाददाता

दाङ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरु जनतासँग आत्मालोचना गर्न आएको बताएका छन् । 

लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले बिगतका कमीकमजोरी खोतल्ने र त्यसलाई सच्चाउने प्रतिबद्धता गर्न आफूहरु आएको बताए । 

उनले भने, 'हामीले समीक्षा गरेर नै एकताबद्ध भएका हौँ । यो एकता सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ । यो आत्मालोचना सभा पनि हो । हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ ।'

लुम्बिनी प्रदेशस्तरीय एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदलिनुपर्ने आवश्यकता देखिएको उल्लेख गरे । जेन जेड आन्दोलनले विगतमा आफूहरूले गरेको कामको समीक्षा गर्न दबाब बढाएको उनको भनाइ छ । 

हजारौँ जेन जेड युवाहरूले नेकपालाई अभिभावक मानेर पार्टी प्रवेश गरिरहेको उनले बताए । आफूहरू बदलिएर जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्दै प्रचण्डले विगतका कमजोरी सच्चाएर जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाए । 

माधव नेपालसँगको एकता हठात् वा अकस्मात् नभएको उनले बताए । नेकपाका सहसंयोजक माधव नेपालसँगको सहकार्य झण्डै ४० वर्ष पुरानो भएको उनले भने । 

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दर्जन बढी वामपन्थी घटकहरूबीच भएको एकताको बचाउ गर्दै प्रचण्डले माधव नेपालसँग विगतदेखि नै सहकार्य गर्दै आएको उल्लेख गरे । 

एकीकृत समाजवादी लगायतका घटकहरूसँग एउटा चुनाव जित्नका लागि मात्र एकता नगरेको जिकिर गर्दै उनले जेन जेड आन्दोलनपछि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता महसुस भएकाले एकताको कदम चालिएको बताए । 

प्रचण्डले भने, "आजको कुरा होइन, २०४१/०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायतविरोधी आन्दोलनको बारेमा संवाद र सहकार्य गर्ने गर्थ्यौं । ०४२ सालदेखि ०४६ सालमा, अनि जनयुद्ध सुरु भएपछि पनि हामी लगातार संवादमा भइ नै राख्यौं ।"

माधव नेपालसँगको एकता अकस्मात् वा हठात् नभएको भन्दै बचाउ गर्दै उनले थपे, "संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्यौं । हाम्रो संवाद, सहकार्य आजको होइन, केही महिना वा वर्ष अगाडिको मात्रै होइन, झण्डै ४०–४१ वर्ष अगाडिदेखि लगातार भएका सहकार्य, संवाद र आन्दोलनका बीचबाट एकताको एउटा नयाँ परिस्थिति सिर्जना भएको हो । हठात् भएको कसैलाई लागेको छ भने त्यो होइन ।"

केही घन्टाभित्र देश जल्ने अवस्था आउनेगरी देश कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने उनले जोड दिए । यस एकताले वामपन्थी शक्तिहरूको नयाँ ऊर्जा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: