अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट हुने लागुऔषध तस्करी रोक्ने आफ्नो अभियान अन्तर्गत ‘भूमिबाट’ प्रत्यक्ष कारबाही चाँडै सुरु हुने घोषणा गरेपछि कारकाससँगको कूटनीतिक तनाव अझै बढेको छ । काराकासले अमेरिकाको यो पहललाई शासन परिवर्तनको उद्देश्य भएको भन्दै आरोप लगाउँदै आएको छ ।
थ्याङ्क्सगिभिङ होलिडेको अवसरमा तैनाथ अमेरिकी सैनिकहरूसँग गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले ‘साउदर्न स्पियर’ नामक लागुऔषध विरोधी अभियानमा संलग्न अमेरिकी बलको प्रशंसा गर्दै पछिल्ला हप्तामा भेनेजुएलाका तस्करहरूलाई रोक्ने गतिविधि तीव्र रहेको उल्लेख गरे । यद्यपि उनले कुन कारबाहीलाई स्पष्ट रूपमा जनाएको हो भन्ने खुलाइएको थिएन ।
अमेरिकी सेनाले हालै क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा लागेको भन्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा गुड्ने डुङ्गाहरूमा हवाई आक्रमण गरी कम्तीमा ८३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । यससँगै अमेरिकाले बी–५२ र बी–१बी बमवर्षक विमानहरू भेनेजुएलाको तट नजिक उडाउनुका साथै हवाई शक्ति प्रदर्शनसमेत तीव्र पारेको छ ।
राष्ट्रपति ट्रम्पले समुद्रमार्फत् लागुऔषध तस्करी ‘करिब ८५ प्रतिशत नियन्त्रणमा आइसकेको’ दाबी गर्दै अब ‘भूमिबाट थप कडा निगरानी र रोकथाम चाँडै सुरु हुने’ बताए ।
– भेनेजुएलासँग बढ्दो कूटनीतिक तनाव –
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोविरुद्ध वासिङ्टनले पछिल्ला दिनमा दबाब बढाउँदै आएको छ । अमेरिकी प्रशासनले भेनेजुएलाको एक कथित लागुऔषध गिरोहलाई विदेशी आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेको भने अमेरिकी उच्च सैन्य अधिकारीहरूको क्षेत्रीय यात्रा र सैनिक शक्तिको परिचालन पनि बढाइएको छ ।
थ्याङ्क्सगिभिङ होलिडेमा रक्षामन्त्री पिट हेग्सेथले विमानवाहक जहाजमा बसेर सैनिकहरूलाई भेटेर ‘गिरोहविरुद्धको प्रयास’ मा कृतज्ञता प्रकट गरेको पेन्टागनले प्रकाशित भिडियोमा देखिएको छ ।
उडान यातायातमा ठूलो अवरोध
बढ्दो तनावका कारण भेनेजुएलातर्फका अन्तर्राष्ट्रिय उडानहरूमा ठूलो असर पर्न थालेको छ । अमेरिकी एफएएले ‘सुरक्षा जोखिम’ भन्दै चेतावनी जारी गरेपछि स्पेन, पोर्चुगल, चिली, ब्राजिल लगायतका देशका प्रमुख विमान कम्पनीहरूले भेनेजुएलाका उडानहरू स्थगित गरेका छन् ।
यसको जवाफमा भेनेजुएलाको उड्डयन प्राधिकरणले ती एयरलाइन्सहरूलाई ‘संयुक्त राज्य अमेरिकाले प्रवर्द्धन गरेको राज्य आतङ्कवादको कारबाहीमा सहभागी’ भएको आरोप लगाउँदै प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
स्पेनिश एयरलाइन्स आइबेरियाले ‘पूर्ण सुरक्षा सुनिश्चित भएपछि मात्र उडान पुनः सुरु गर्ने’ भन्दै हाल भेनेजुएलामा उडान गर्नु उच्च जोखिम भएको उल्लेख गरेको छ ।
उडान स्थगनका कारण भेनेजुएलामा मात्रै करिब आठ हजारभन्दा बढी यात्रु प्रभावित भएको बताइन्छ । स्थानीय केही कम्पनीले सीमित उडान सेवा भने सञ्चालन गरिरहेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १८:०७
झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...
पौष १२ गते, २०८२ - १८:०५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...
पौष १२ गते, २०८२ - १८:०३
हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...
पौष १२ गते, २०८२ - १८:००
काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् । आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ अस...
पौष १२ गते, २०८२ - १७:५६
काठमाडाैं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो । बै...
पौष १२ गते, २०८२ - १७:५३
उदयपुर । उदयपुरमा प्रहरीले सातसय ६३.७६ किलोग्राम गाँजासहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराट...
पौष १२ गते, २०८२ - १७:४५
काठमाडौं । मुलुक लामो समयदेखि राजनीतिक संक्रमण, अन्योल र अविश्वासको घेरामा परिरहेको बेला आउँदो फागुन २१ गते तय गरिएको निर्वाचन अब टर्ने छैन भन्ने स्पष...
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...




प्रतिकृया लेख्नुहोस्: