विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी फागुनमा हुने आमनिर्वाचनले मात्र देशलाई राजनैतिक संकटबाट मुक्ति दिलाउन सक्ने बताएका छन् ।
शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेता गजुरेलले जेन–जी आन्दोलनपछि उत्पन्न गम्भीर संकटलाई आगामी २१ फागुनमा हुने चुनावले मात्र देशलाई निकास दिलाउन सक्ने बताएका हुन् । ‘यसैले देशलाई गम्भीर संकटबाट निकास दिन १५ वटा वामपन्थी शक्तिहरूको एकता भएको हो । अरुकोभन्दा ठूलो पार्टी बनाउनका लागि मात्र हैन,’ नेता गजुरेलले भने ।
नेकपा कोशी प्रदेशका इन्चार्ज समेत रहेका नेता गजुरेलले २३ र २४ भदौपछि उत्पन्न संकटबाट राष्ट्रलाई जोगाउने एक मात्र उपाय भनेको निर्वाचन मात्र भएको बताए । उनले निर्वाचन नभए देशमा अझै गम्भीर संकट उत्पन्न हुने बताए ।
नेता गजुरेलका अनुसार नेकपाको एकीकरण अझै पूरा भैनसकेको र पुरा भैसकेपछि अझै ठूलो र सकारात्मक सन्देश जाने बताए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्रकुमार राईले यो समय चुनावमा गएर देशको सुरक्षा गर्ने समय भएको बताउँदै उत्तेजना आएर घृणा फैलाउने, अराजक व्यवहार देखाउनु नहुने सुझाव दिए । उनले जेन–जी आन्दोलनपछि चुनावको महत्व बुझेरै नै राष्ट्रपतिले पनि स्विकार गरेको र नेकपाले पनि जोडतोडले साथ दिइरहेको प्रस्टयाए ।
नेकपाले सुदुरपश्चिमबाट १२ मंसिरदेखि सुरु गरेको एकता सभा १५ मंसिरमा विराटनगरमा आयोजना गर्दैछ । त्यसका लागि सबै तयारी पूरा भैसकेको नेकपा नेता सरिता खड्काले जानकारी दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: