Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

पाकिस्तानद्वारा सैन्य प्रमुखलाई उन्मुक्ति दिने प्रावधानमा युएनको चेतावनी अस्वीकार

खबरडबली संवाददाता

इस्लामवाद ।  पाकिस्तान सरकारले विदेश मन्त्रालयमार्फत संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले व्यक्त गरेको गम्भीर चिन्ता र चेतावनीलाई आइतबार स्पष्ट रूपमा अस्वीकार गरेको छ । टर्कले सर्वशक्तिमान सैन्य प्रमुखसहित शीर्ष अधिकारीहरूलाई आजीवन कानूनी उन्मुक्ति दिने हालैको कदमले देशको विधिको शासन र लोकतान्त्रिक संरचनामा ‘दूरगामी प्रतिकूल प्रभाव’ पर्न सक्ने टिप्पणी गरेका थिए ।

यसअघि, संसद्ले यसै महिनाको सुरुवातमा पारित गरेको संवैधानिक संशोधनअनुसार फिल्ड मार्शल असीम मुनीर र अन्य उच्चपदस्थ सैन्य अधिकारीहरूलाई आजीवन अभियोजनबाट मुक्त गरिने व्यवस्था गरिएको थियो, जसले मानवअधिकार समूह तथा अन्तर्राष्ट्रिय निकायहरूबीच चिन्ता उत्पन्न गराएको छ ।

संशोधनले एक नयाँ सङ्घीय संवैधानिक अदालतको स्थापना समेत गरेको छ, जसले सर्वोच्च अदालतका केही अधिकार सीमित गर्दै न्यायिक संरचना पुनर्सन्तुलन गर्छ भन्ने आलोचना उठेको छ ।

शुक्रबार जारी विज्ञप्तिमा मानवअधिकार प्रमुख टर्कले यी परिवर्तनहरू समग्र रूपमा न्यायपालिकालाई कार्यकारीको प्रभाव र राजनीतिक हस्तक्षेपको जोखिममा पुर्‍याउन सक्ने उल्लेख गर्दै पाकिस्तानमा लोकतन्त्र तथा विधिको शासनका सिद्धान्तहरूलाई कमजोर बनाउने ‘दूरगामी परिणाम’ हुनसक्ने चेतावनी दिएका थिए ।

तर आइतबार जारी आफ्नो वक्तव्यमा पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरूले टर्कको टिप्पणीलाई ‘आधारहीन’ एवं ‘पाकिस्तानको दृष्टिकोण र धरातलीय वास्तविकता नझल्कने’ भन्दै खारेज गरेका छन् । मन्त्रालयले पाकिस्तान ‘संविधानमै निहित विधिको शासन र आधारभूत स्वतन्त्रताको रक्षा गर्न पूर्ण प्रतिबद्ध’ रहेको दाबी दोहोर्‍याएको छ ।

२५ करोडभन्दा बढी जनसङ्ख्या भएको आणविक–सशस्त्र पाकिस्तानमा नागरिक प्रशासन र शक्तिशाली सेनाबीचको सन्तुलन वर्षौंदेखि संवेदनशील मुद्दा रहँदै आएको छ ।

देशको सबैभन्दा प्रभावशाली संस्था मानिने सेनाले सन १९४७ को स्वतन्त्रतापछि पटक–पटक कूमार्फत देशमा शासन गरेको इतिहास छ । सेनाले कुल अवधि दुईमध्ये एक भागभन्दा बढी समय प्रत्यक्ष शासनमा व्यतीत गरेको मानिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE