Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गलत कानुनी सल्लाहका कारण देशले निकास पाउन सकेन: सुदन गुरुङ

खबरडबली संवाददाता
पोखरा । जेन–जी अभियानकर्मी सुदन गुरुङले पोखरामा गृहमन्त्री ओमप्रकाश अर्यालमाथि तीव्र आक्रोश व्यक्त गर्दै उनीमाथि ‘गलत कानुनी सल्लाह’ दिएको आरोप लगाए। तमु छोंज धींले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले अर्यालका कारण देशले निकासको बाटो पहिल्याउन नसकेको दाबी गरे। गुरुङका अनुसार कानुनी सल्लाहकारकाको भूमिकामा रहेर अर्यालले बहुमूल्य समयमा उचित मार्गदर्शन दिन नसक्दा परिस्थितिले जटिल मोड लिएको हो। उनले भने, “अब कसलाई विश्वास गर्ने रु एक्सपर्ट भन्दै आउनेहरू पद र मन्त्रीका लागि मात्र दौडिन्छन्। कानुनी सल्लाह दिन आउने मान्छे आज गृहमन्त्रीको कुर्सीमा बसेका छन्— ओमप्रकाश अर्याल बच्चाको रगतमा।” गुरुङले आरोप लगाए अनुसार, सही सल्लाह दिइएको भए आगामी निर्वाचन अन्य ढङ्गले हुन सक्थ्यो। उनले थपे, “हामीलाई कानुनी सल्लाहकार भएर गुमराहमा राखियो। संविधान यस्तै राख्दा जेनजीको माग पूरा हुँदैन भनेर स्पष्ट भन्नुपर्ने थियो, तर त्यो भएन।” ‘बालेन र हर्कले फोन नउठाएपछि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइयो’ कार्यक्रममा गुरुङले जेनजी पुस्ताको निर्णय प्रक्रियाबारे पनि खुलासा गरेका थिए। उनका अनुसार जेनजी अभियानबाट सोधखोज हुँदा बालेन्द्र शाह र हर्क साम्पाङले फोन नउठाएपछि सुशीला कार्कीलाई विकल्पका रूपमा अघि बढाइएको हो। गुरुङले भने, “जेनजीका भाइबहिनीहरूले कसलाई प्रधानमन्त्री बनाउने भनेर सोधे। बालेन र हर्कले फोन उठाएनन् भनियो। त्यसपछि सुशीला कार्कीलाई नै जिम्मेवारी दिनुपर्छ भन्ने निष्कर्ष आयो। म्यान्डेट पाएपछि उहाँलाई बनाउनु मेरो जिम्मेवारी भयो, बनाएँ।”
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending