Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

तोकेको समयमा निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य : गृहमन्त्री अर्याल

खबरडबली संवाददाता

धनगढी। गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताएको छन् । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले तोकेको समयमा निर्वाचन गराउनका लागि सरकारले काम गरिरहेको बताएको हो । 

उनले जेनजी युवाले उठाएको माग र भदौ २३, २४ को घटना पश्चात नेपाल सरकार र गृह मन्त्रालयले शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह र प्रभावकारिताको लागि निष्ठापूर्वक काम गरिरहेको बताए। जेनजी आन्दोलनको क्रममा घटेको घटना पश्चात सुरक्षा संयन्त्रहरूको कार्य सम्पादन र दैनिक प्रशासनिक कार्यमा असर परेको भए पनि अब सबै लयमा फर्केको गृहमन्त्रीको भनाइ थियो । 

“सुरक्षाको अवस्था पनि सामान्य बनेको छ”, उनले भने, “सबैको प्रयास, सहयोग र रचनात्मक सुझावका लागि धन्यवाद दिन चाहन्छु ।”

लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य रहेको भन्दै गृहमन्त्री अर्यालले चुनावको तयारीका सन्दर्भमा केही मनोवैज्ञानिक चुनौती आएकाले सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे। हिंसा र अराजकता रोकथाम, नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रलाई परिचालन गरिरहेको उनको भनाइ थियो । मनोवैज्ञानिक चुनौतीका सन्दर्भमा ढुक्क हुन आग्रह गर्दै गृहमन्त्रीले भने,“सबै राजनीतिक दल, नागरिकलाई आह्वान गर्न चाहन्छु की देश बनाउने अभिभारा सबैको हो ।”

सुरक्षा बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की लगायतले बोल्नु भएको थियो । सुरक्षा बैठकमा गृह सचिव, चारवटै सुरक्षा निकायका प्रमुख, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सब इन्जिनियर हत्या घटना: सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...

जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो

जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।  मुख्...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल खुल्यो

सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।  आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...

दाङमा आजपाका उम्मेदवारद्वारा नेकपा उम्मेदवारलाई समर्थन घोषणा

दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव सुनकोशी किनारामा फेला

रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...

नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE