काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिने भएको छ ।
सडक विभागको आयोजना निर्देशनालय एडीबीले एक सार्वजनिक सूचना जारी गर्दै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
निर्देशनालयकाअनुसार पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिन बजारदेखि त्रिशुली पारी (गोरखा तर्फ) बाट मर्स्याङ्दी जलविद्युत आयोजनाभन्दा पश्चिमसम्म २ लेनको नयाँ सडक निर्माण गरिनेछ । साथै, सो स्थानभन्दा पश्चिम आबुँखैरेनीसम्मको हालको राजमार्गलाई चौडा गरी ४ लेनको बनाइने योजना रहेको छ ।
यस्तै महेन्द्र राजमार्ग अन्तर्गतको नारायणगढ–हेटौँडा सडक खण्डमा पनि व्यापक स्तरोन्नति हुने भएको छ। विशेष गरी गोन्द्राङ्ग–टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ ।
गोन्द्राङ्ग–टिकौली जंगल मा २ किलोमिटरको फ्लाइओभर सहित राप्ती नदी पुलसम्म खुला तथा जंगल क्षेत्रमा ४ लेन सडक सहित विस्तार गरिनेछ । साथै बस्ती तथा बसोबास क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप १/१ लेनको सर्भिस लेन र शहरी क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप २/२ लेनको सर्भिस लेन, ड्रेन, फुटपाथ, पैदलयात्रु हिँड्ने पुल र सवारी साधन वारपार गर्ने पुलहरू निर्माण गरिने जनाएको छ ।
सडक विस्तार र स्तरोन्नतिको कार्य सुरु भइसकेको भन्दै आयोजना निर्देशनालयले सडकको सीमा अतिक्रमण गरी घर, टहरा तथा अन्य संरचना निर्माण नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
सहज निर्माण कार्यका लागि सडक क्षेत्रमा पर्ने विद्युत् पोल, ढल, खानेपानी एवम् अन्य सार्वजनिक संरचनाहरू स्थानान्तरण गर्न र थप संरचना नबनाउन सम्बन्धित सबैमा सूचनामार्फत आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: