भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि महिलाहरू व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन्।
गाउँपालिकाको सहयोग पाएपछि पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राईले खोर निर्माण गरी उन्नत जातका बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गरेकी छन्। उनले गाउँपालिकाबाट प्राप्त सहयोगपछि १० वटा उन्नत जातका बङ्गुरका पाठापाठीबाट व्यावसायिक पालन सुरु गरेको बताइन्।
अनुदान पाएपछि स्थानीय किसानमा पशुपालनप्रतिको आकर्षणसमेत बढेको छ। व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक लगानी जुटाउन सहज भएकाले पशुपालनतर्फ अघि बढ्न प्रेरणा मिलेको स्थानीय जयमारानी राईले बताइन्।
उनका अनुसार अनुदानले किसानलाई सुरुवाती लगानीका लागि पूर्ण रूपमा आफ्नै स्रोतमा निर्भर हुनुपर्ने अवस्था घटाएको छ। यसले पशुपालनलाई घरायसी कामका रूपमा मात्र नभई आयआर्जनको माध्यमका रूपमा अघि बढाउन सहयोग पुगेको उनको भनाइ छ।
पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईका अनुसार ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नं. ४, ५ र ६ का किसानलाई बङ्गुरपालनका लागि अनुदान दिइएको छ।
‘महिलालाई उद्यमशील बनाउँदै आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने।
गाउँपालिकाले गत आर्थिक वर्षमा कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। किसानको ५० प्रतिशत लागत साझेदारीमा कुल ६० लाख रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममार्फत २० वटा बङ्गुर फार्म र एउटा बाख्रा फार्मलाई अनुदान उपलब्ध गराइएको थियो।
गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र किसानको मागका आधारमा पशुपालन तथा कृषिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पशुपालन तथा कृषिमा आधारित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन्।
‘कृषिमा आधारित आयआर्जन वृद्धि गर्दै स्थानीय महिलालाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो,’ उनले भनिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: