Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

धुलो–धुवाँ र जोखिमपूर्ण सडकले थकित स्थानीयः कपुरकोट–कोइला सडकखण्डमा टिप्पर बन्द

जीर्ण कपुरकोट कोइला सडकखण्डमा धुलो उडाउँदै गुडिरहेका टिप्पर । तस्बिरः शंकर केसी गाेरखापत्र
खबरडबली संवाददाता

सल्यान । कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चल्ने चुनढुङ्गा र सिमेन्ट उद्योगका भारी टिप्पर बन्द गराउन स्थानीय फेरि आन्दोलित भएका छन्। वर्षौंदेखि अत्यधिक धुलो, भत्किएको सडक, खाल्डाखुल्डी र टिप्परको तीव्र आवतजावतका कारण स्वास्थ्य, बालबालिकाको सुरक्षा र दैनिक जीवनमा गम्भीर असर परेको भन्दै स्थानीय निर्णायक कदमका लागि सडकमै उत्रिएका हुन्।

बिहीबार बिहानदेखि सडकमा टिप्पर सञ्चालन पूर्ण रूपमा रोकिएको छ। निर्णयको अवज्ञा भए सयौँ स्थानीय सडकमै उत्रने चेतावनी मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर बिकले दिए। सडक पूर्ण रूपमा कालोपत्रे नहुँदासम्म भारी टिप्पर नचलाउने स्थानीयको अडान छ।

बुधबार मिलन बजार व्यवस्थापन समिति र मिलनबजार युवा क्लबको संयुक्त नेतृत्वमा बसेको भेलाले १२७ भन्दा बढी स्थानीयको उपस्थितिमा टिप्पर रोक्ने निर्णय गरेको थियो। सो निर्णय जिल्ला प्रशासन, जिल्ला प्रहरी, कपुरकोट गाउँपालिका तथा अन्य सम्बन्धित निकायलाई आधिकारिक रूपमा पठाइएको छ।

धुलो, दुर्घटना जोखिम र स्वास्थ्य समस्या मुख्य पीडा

स्थानीयका अनुसार कपुरकोट–कोइला सडकखण्डमा सिमेन्ट उद्योगका भारी गाडीले वर्षौंदेखि सडक भत्काइरहेका छन्।  अत्यधिक धुलोले बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यमा असर पर्नुका साथै विद्यालय जाने विद्यार्थीको सुरक्षा जोखिम भएकाे छ । यस्तै पैदल यात्री र साना सवारी दैनिक सास्तीमा पर्नुका साथै वातावरणीय प्रदूषण तीव्र भएकाे छ ।

यी समस्याबारे स्थानीयले पटक–पटक गुनासो उठाउँदै आए पनि समाधान नआएपछि अन्ततः कडा कदम चालिएको हो।

स्थानीयको मागः सहमति कार्यान्वयन र सडक मर्मत

२०७९ सालमै उद्योग, स्थानीय तह र टिप्पर व्यवसायीबीच सात बुँदे सहमति भएको थियो तर कार्यान्वयन नहुँदा स्थानीय निराश बनेका छन्।

सहमतिमा मुख्यतया सडकको नियमित मर्मत–सम्भार, धुलो नियन्त्रणका उपाय, दीर्घकालीन समाधानका लागि आरसिसी ढलान/कालोपत्रेको पहल र विद्यार्थीको सुरक्षाका लागि समय मिलाएर टिप्पर सञ्चालन गर्नु पर्ने स्थानीयका माग रहेका छन् । 

यसैगरी गाउँपालिकासँग साझेदारीमा प्रभावित क्षेत्रका नागरिकका लागि २५ लाख वार्षिक सामाजिक उत्तरदायित्व बजेट उपलब्ध गर्नु पर्ने,  घर चर्किएको वा क्षति पुगेको अवस्थामा मर्मत  गर्नु पर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनु पर्ने जस्ता बुँदा स्थानीयका मागमा समेटिएका थिए। तर यी कार्यहरू उद्योगहरूले पालन नगरेको स्थानीयको आरोप छ।

अब सडक कालोपत्रे नहुँदासम्म टिप्पर बन्द

सडक मर्मत र व्यवस्थापनमा वास्तविक प्रगति नदेखिँदासम्म टिप्पर चल्न नदिने स्थानीयको अडान स्पष्ट छ ।

वर्षौँदेखिको पीडा अब रोक्नैपर्ने भन्दै स्थानीय एकमत भएका छन्। स्थानीयको यो कडा निर्णयसँगै उद्योगी, गाउँपालिका, जिल्लास्तर तथा प्रदेश–संघ सरकारबिच तत्काल समाधान खोज्न दबाब बढेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आसन्न निर्वाचन र परिणाम !

अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...

निर्वाचनभरी न्यायालय बन्द, प्रधानन्यायाधीश राउतको भूमिका प्रश्नमा

काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...

झापा–५ मा कडा सुरक्षा व्यवस्था : चोक–चोकमा सवारी चेकिङ

झापा    । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष र...

बेरुतमा शक्तिशाली विस्फोट: राजधानी नै थर्कियो

काठमाडौं  ।  लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किए...

सोमबार त्रिभुवन विमानस्थलबाट हुने ३१ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...

राष्ट्रका नाममा राष्ट्रपतिकाे सम्बोधन (पूर्णपाठ)

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको या...

रामेछापमा श्यामकुमार श्रेष्ठको मत अपिल : ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह

रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अप...

बागलुङमा युवा उम्मेदवारको उदय : पाँच अनुहारको अग्नी परीक्षा

बागलुङ  । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...

हल्लाका कारण पेट्रोल पम्पमा चाप, अभाव नभएको निगमकाेे स्पष्टोक्ति

काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE