सल्यान । कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चल्ने चुनढुङ्गा र सिमेन्ट उद्योगका भारी टिप्पर बन्द गराउन स्थानीय फेरि आन्दोलित भएका छन्। वर्षौंदेखि अत्यधिक धुलो, भत्किएको सडक, खाल्डाखुल्डी र टिप्परको तीव्र आवतजावतका कारण स्वास्थ्य, बालबालिकाको सुरक्षा र दैनिक जीवनमा गम्भीर असर परेको भन्दै स्थानीय निर्णायक कदमका लागि सडकमै उत्रिएका हुन्।
बिहीबार बिहानदेखि सडकमा टिप्पर सञ्चालन पूर्ण रूपमा रोकिएको छ। निर्णयको अवज्ञा भए सयौँ स्थानीय सडकमै उत्रने चेतावनी मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर बिकले दिए। सडक पूर्ण रूपमा कालोपत्रे नहुँदासम्म भारी टिप्पर नचलाउने स्थानीयको अडान छ।
बुधबार मिलन बजार व्यवस्थापन समिति र मिलनबजार युवा क्लबको संयुक्त नेतृत्वमा बसेको भेलाले १२७ भन्दा बढी स्थानीयको उपस्थितिमा टिप्पर रोक्ने निर्णय गरेको थियो। सो निर्णय जिल्ला प्रशासन, जिल्ला प्रहरी, कपुरकोट गाउँपालिका तथा अन्य सम्बन्धित निकायलाई आधिकारिक रूपमा पठाइएको छ।
धुलो, दुर्घटना जोखिम र स्वास्थ्य समस्या मुख्य पीडा
स्थानीयका अनुसार कपुरकोट–कोइला सडकखण्डमा सिमेन्ट उद्योगका भारी गाडीले वर्षौंदेखि सडक भत्काइरहेका छन्। अत्यधिक धुलोले बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यमा असर पर्नुका साथै विद्यालय जाने विद्यार्थीको सुरक्षा जोखिम भएकाे छ । यस्तै पैदल यात्री र साना सवारी दैनिक सास्तीमा पर्नुका साथै वातावरणीय प्रदूषण तीव्र भएकाे छ ।
यी समस्याबारे स्थानीयले पटक–पटक गुनासो उठाउँदै आए पनि समाधान नआएपछि अन्ततः कडा कदम चालिएको हो।
स्थानीयको मागः सहमति कार्यान्वयन र सडक मर्मत
२०७९ सालमै उद्योग, स्थानीय तह र टिप्पर व्यवसायीबीच सात बुँदे सहमति भएको थियो तर कार्यान्वयन नहुँदा स्थानीय निराश बनेका छन्।
सहमतिमा मुख्यतया सडकको नियमित मर्मत–सम्भार, धुलो नियन्त्रणका उपाय, दीर्घकालीन समाधानका लागि आरसिसी ढलान/कालोपत्रेको पहल र विद्यार्थीको सुरक्षाका लागि समय मिलाएर टिप्पर सञ्चालन गर्नु पर्ने स्थानीयका माग रहेका छन् ।
यसैगरी गाउँपालिकासँग साझेदारीमा प्रभावित क्षेत्रका नागरिकका लागि २५ लाख वार्षिक सामाजिक उत्तरदायित्व बजेट उपलब्ध गर्नु पर्ने, घर चर्किएको वा क्षति पुगेको अवस्थामा मर्मत गर्नु पर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनु पर्ने जस्ता बुँदा स्थानीयका मागमा समेटिएका थिए। तर यी कार्यहरू उद्योगहरूले पालन नगरेको स्थानीयको आरोप छ।
अब सडक कालोपत्रे नहुँदासम्म टिप्पर बन्द
सडक मर्मत र व्यवस्थापनमा वास्तविक प्रगति नदेखिँदासम्म टिप्पर चल्न नदिने स्थानीयको अडान स्पष्ट छ ।
वर्षौँदेखिको पीडा अब रोक्नैपर्ने भन्दै स्थानीय एकमत भएका छन्। स्थानीयको यो कडा निर्णयसँगै उद्योगी, गाउँपालिका, जिल्लास्तर तथा प्रदेश–संघ सरकारबिच तत्काल समाधान खोज्न दबाब बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...
मंसिर २६ गते, २०८२ - १०:५४
सल्यान । कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चल्ने चुनढुङ्गा र सिमेन्ट उद्योगका भारी टिप्पर बन्द गराउन स्थानीय फेरि आन्दोलित भएका छन्। वर्षौंदेखि अत्...
मंसिर २६ गते, २०८२ - १०:४७
काठमाडौं । पछिल्लाे समय नेपाली बजारमा चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएकाे छ । आज सुन चाँदी दुबैको मूल्य बढेर चादीकाे मूल्यमा नयाँ रेकर्ड का...
मंसिर २६ गते, २०८२ - १०:४१
काठमाडौँ । राजधानीको एक ऐतिहासिक र महत्त्वपूर्ण जलस्रोत येंगा हिटीमा करिब पाँच दशकपछि पानी पुनः प्रवाह भएको छ। करिब पन्ध्र सय वर्षअघिदेखि स्थानीय समुद...




प्रतिकृया लेख्नुहोस्: