म्यान्मा। म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।
म्यानमाको गृहयुद्ध सुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन् ।
सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरूले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन्, जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ ।
एक सैन्य जेटले बुधबार साँझ बङ्गलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायता कर्मी वाई हुन आङले बताएको छन् ।
अवस्था निकै डरलाग्दो भएको बताउदै उनले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने बताउनु भएको छ ।
अस्पताल बाहिर जमिनमा कम्तीमा २० वटा शव देखिएको जनाइएको छ ।
जुन्टाका प्रवक्तालाई हाल सम्म सम्पर्क गर्न नसकिएको जनाइएको छ ।
राखाइन राज्य लगभग पूर्ण रूपमा अराकान आर्मी ९एए० द्वारा नियन्त्रित छ भने एक जातीय अल्पसंख्यक समुह सेनाले लोकतान्त्रिक नेता आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गर्नुभन्दा अघि देखि सक्रिय छ ।
स्वास्थ्य विभागको विज्ञप्तिमा हवाई आक्रमणमा अस्पतालका १० जना बिरामीहरूको “घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
शक्तिशाली प्रतिद्वन्द्वी–ए। ए। म्यानमालाई ध्वस्त पार्ने गृहयुद्धमा सबैभन्दा शक्तिशाली विपक्षी समूहहरू मध्ये एकको रूपमा देखा परेको छ, भने अन्य जातीय अल्पसंख्यक लडाकुहरू र प्रजातन्त्र समर्थक पक्षपातीहरू पनि सक्रिय छन् ।
सेनाद्वारा सञ्चालित चुनावको संयुक्त राष्ट्र लगायतका पर्यवेक्षकहरूले व्यापक आलोचना गरेका भए पनि बेइजिङ आफ्नो छिमेकीमा “सामाजिक स्थिरता पुनस्र्थापना“ गर्नुपर्ने भन्दै प्रमुख समर्थकका रूपमा देखा परेको छ ।
द्वन्द्व पर्यवेक्षकहरूका अनुसार ए–एले जुन्टाका लागि शक्तिशाली विरोधी साबित भएको छ र अहिले राखाइनको १७ वटा बस्तीहरू नियन्त्रण गरेको छ ।
यस समूहलाई यस क्षेत्रका अधिकांश मुस्लिम रोहिंग्या जातीय अल्पसङ्ख्यकहरू माथि अत्याचार गरेको आरोप पनि लगाइएको छ ।
यसै बीच सेनाले राखाइनलाई अवरुद्ध गरेको छ, जसले मानवीय सङ्कट, भोकमरी र कुपोषणमा वृद्धि गरेको विश्व खाद्य कार्यक्रमले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...
मंसिर २६ गते, २०८२ - १४:४९
काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् । वरिष्ठ उपाध्यक्ष ...
मंसिर २६ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै ब...
मंसिर २६ गते, २०८२ - १४:१६
बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छव...
मंसिर २६ गते, २०८२ - १४:००
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नग...
मंसिर २६ गते, २०८२ - १३:४६
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृ...
मंसिर २६ गते, २०८२ - १३:२७
म्यान्मा। म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । म्य...
मंसिर २५ गते, २०८२ - १६:५९
धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् । बुधबार धरान–१९...
मंसिर २५ गते, २०८२ - १६:४३
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
मंसिर २५ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...




प्रतिकृया लेख्नुहोस्: