Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

खबरडबली संवाददाता

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरिएको छ । 

अक्सिजन लेभल ५३ मा झरेको र मुटुको धड्कन रेट १०२ विट्सप्रति मिनेटभन्दा बढी थियो । शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्ने र सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०–९० प्रति मिनेट हुनुपर्नेमा चिन्ताजनक अवस्थामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङका स्वास्थ्य सहायक रामलाल गुरूङले सिपिआर गरे ।

करिब १५ मिनेट सिपिआरको माध्यमबाट छात्रालाई खतरामुक्त बनाएपछि स्वास्थ्यकर्मीले कलेजकी शिक्षक स्वस्तिका डेटेललाई जिम्मा लगाएर नेपाली सेनाको क्यापमा थप उपचार गरिएको छ । चिन्ताजनक अवस्थामा उद्धार गरिएको छात्रा बिरामी भएपछि शैक्षिक भ्रमण छोटाएर टोली फर्किएको छ । अत्यधिक चिसो रहेको उपल्लो मुस्ताङमा शैक्षिक तथा संस्थागत भ्रमणका लागि पुस महिनामा समेत जोखिम मोलेर सिधै पुग्न थालेपछि लेक लाग्ने समस्या देखिएको छ ।

लोमान्थाङ सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्य सहायक गुरूङले चिसोमा अक्सिजनको लेबल ह्वात्तै घटेको अवस्थामा पर्यटकलाई औषधीसहित उपचार गरी पठाउने गरेको बताए। गुरूङले भने, ‘‘सिधै तलबाट माथिल्लो क्षेत्रमा घुम्न आउनेहरूमा लेक लाग्ने समस्या देखिन्छ, अति आवश्यक नभए जाडो याममा उपल्लो क्षेत्रमा भ्रमण नगर्दा राम्रो हुन्छ ।’’

बिहान, बेलुकीको समयमा माइनस तापक्रम हुने उपल्लो मुस्ताङको समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको लिजी–नेचुङ ९कोरला० नाकासम्म घुम्ने गरी पर्यटक आउन थालेपछि प्रहरी चौकीमार्फत सचेत बनाउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले बताए । 

सहायक प्रजिअ परियारले अत्यधिक चिसोका कारण होटलमा समेत सामान्य अवस्थामा जस्तै सेवा पाउने सम्भावना नभएकाले जाडो याममा माथिल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पर्यटकीयस्थलमा एकल तथा सामूहिक भ्रमण तालिका नबनाउन अनुरोध गरेको छन् । परियारले भने, ‘‘धेरै ब्यवसायीहरू पनि तल झर्न थाल्नुभएको छ, चिसोका कारण स्वास्थ्यमा समस्या देखिएका समयमै उद्धारमा समेत कठिनाइ हुन्छ ।’’ 

जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका अनुसार पुस महिनाको १ गते १६ सय ७ जना, पुस २ गते १५ सय ३६ जना र पुस ३ गते १७ सय २८ जना पर्यटक कालिगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकखण्डबाट मुस्ताङ प्रवेश गरेकोमा अधिकांस मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किए पनि हतारमा माथिल्लो क्षेत्रमा समेत जाने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । 

जाडोयाममा अन्य समयभन्दा लेक लाग्ने तथा स्वास्थ्यमा समस्या धेरै देखिने भएकाले प्रहरीले मुस्ताङ प्रवेशद्धार घाँसा, लेते प्रहरी चौकी, सदरमुकाम जोमसोम, मुक्तिनाथ मन्दिर सहित उपल्लो मुस्ताङका विभिन्न स्थानमा सवारीसाधनबाट पर्यटकलाई लेक लाग्ने समस्या र उपचारका लागि आवश्यक सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने गरेको छ । समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ । चिसोमा दिर्घरोगी र बालबालिकालाई यात्रामा जोखिम हुन्छ । 

लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने र शरीरमा असहज महुसस भए तत्कालै आफु भएको भन्दा तल्लो क्षेत्रमा फर्किएर उपचार गर्नुपर्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending