Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

खबरडबली संवाददाता

तनहुँ । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् ।

दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिएका छन् । डिटिपिएस नामक कृषि फार्म दर्ता गरी उनीहरुले व्यावसायिक कृषि सुरु गरेका हुन् । परिवारमा एक अर्काको साथ र सहयोगले सफलता हासिल गरेको उनीहरूको भनाइ छ ।

ढकाल परिवारले २०४० सालदेखि गर्दै आएको परम्परागत सुन्तला खेतीसँगै २०७४ सालदेखि कृषि फार्म मार्फत दर्ता गरी सुन्तला खेतीका अतिरिक्त कालिजपालन, अदुवा र अकबरे खुर्सानी खेती गर्दै आएका छन् । उनीहरूले आफू बाहेक अन्य तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । 

उनीहरूको सुन्तलाखेती हाल १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । सुन्तला खेतीबाटै वार्षिक ५/६ लाख रुपैयाँसम्म आम्दानी हुने दिनेशले बताए । उनकाे फार्ममा साना ठूला गरी एक हजार बोट रहेकामा करिब २५० बोटमा सुन्तला फलेका छन् । राम्रो फल्ने एउटै बोटमा २० क्रेटसम्म फल्ने गरेको छ ।

ढकाल परिवारले सात वर्ष अघि सुरु गरेको व्यावसायिक कालिजपालन पनि फस्टाउँदै गएको छ । फार्ममा हाल १३ हजारको सङ्ख्यामा कालिज छन् । तीन वर्षअघि जापान जाने सोचमा रहेकामा कालिज फस्टाउँदै गएपछि विदेश जाने मोह त्यागेको दिनेशले बताए ।

प्रति कालिज भाले दुई हजार ५०० र पोथि एक हजार ५०० रुपैयाँमा बिक्री हुनेगरेको छ । सुरुमा २०७६ सालमा एक सयको सङ्ख्याबाट उनले कालिजपालन सुरु गरेका थिए ।

“व्यावसायिक कालिजपालनमा धेरै सम्भावना छ, स्वदेशभित्र मात्र नभइ चीन, दुबइ जस्ता देशमा कालिजको माग धेरै छ”, उनले भने, “कालिजपालनमा राज्यले प्रोत्साहन गर्ने होभने यही व्यवसायबाट मैले १५० जनासम्मलाई रोजगारी दिन सक्छु ।”

तीन वर्षयता सुन्तला बगानभित्र अकबरे खुर्सानी तथा अदुवा खेती पनि गर्दै आएका छन् । अकबरे खुर्सानी वार्षिक ६/७सात क्वीन्टलसम्म उत्पादन हुने गरेको जानकारी दिँदै ढकालले प्रतिकेजी होलसेलमा २५० रुपैयाँदेखि खुद्रा ४०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए । उनीहरूले अकबरे खुर्सानीबाट वािर्षक तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । 

सुन्तलाखेती, कालिजपालन, अकबरे खुर्सानी, अदुुवासहित कूल २८ रोपनी क्षेत्रफलमा फार्म फैलिएको छ । व्यावसायिक कृषिमा राज्यको भने साथ र सहयोग आवश्यक हुने बताउँदै ढकालले आफूहरूले लामो समयदेखि फार्म सञ्चालन गरे पनि राज्यका तर्फबाट हालसम्म प्राविधिक सहयोग पाउन नसकेको दुःखेसो गरे ।

“प्राविधिक सहयोगका लागि आग्रह गर्दै फर्ममा आइदिनका लागि पटक पटक फोन गरे पनि सम्बन्धित निकायले चासो नदिएको मेरो अनुभव छ”, उनले भने, “केही गर्छुु भन्नेलाई राज्यका तर्फबाट प्रोत्साहन नभएमा युवाहरूलाई आकर्षित गर्न सकिन्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

श्रीलङ्कालाई भारतको ४५ करोड डलर सहयोग

कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्म...

बाँकेमा चिसोका कारण विद्यालय बन्द

बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...

प्रतिनिधिसभा निर्वाचनकाे लागि महोत्तरी–४ बाट प्रचण्ड र साहको उम्मेदवारी सिफारिस

महोत्तरी ।  आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending