काठमाडौं । जनकपुर क्षेत्रमा सडक अतिक्रमण हटाउने अभियान अघि बढेको छ। सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने माइस्थान–गौशाला–सम्सी तथा बर्दिबास–जलेश्वर सडकखण्डमा रहेका सबै अनधिकृत संरचना हटाउन ३५ दिनको अन्तिम समयसीमा दिएको छ।
साउन १४ गते सार्वजनिक गरिएको सूचनाअनुसार सडकको केन्द्ररेखादेखि दायाँ–बायाँ १५/१५ मिटरभित्र रहेका अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिइएको हो।
कार्यालयका अनुसार सडक क्षेत्रमा सवारी पार्किङ, व्यापारिक सामग्री राख्ने, निर्माण सामग्री थुपार्ने, विज्ञापन बोर्ड राख्ने, सडक किनारमा पसल सञ्चालन गर्ने तथा अस्थायी संरचना बनाउने कार्यका कारण यातायात सञ्चालन, ट्राफिक व्यवस्थापन र सर्वसाधारणको आवागमन प्रभावित हुँदै आएको छ।
कार्यालयले तोकिएको अवधिभित्र सडक क्षेत्र खाली नगरे सार्वजनिक सडक ऐन, २०३१ अनुसार सडक डिभिजन आफैंले डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउने चेतावनी दिएको छ। हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल गरिने उल्लेख गरिएको छ।
यसअघि प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठकमै जनकपुरका अतिक्रमित सडक, मठमन्दिर र पोखरी संरक्षणको विषय उठाउँदै सम्बन्धित मन्त्रीहरूसँग ‘जनकपुरमा डोजर कहिलेदेखि चल्छ ?’ भनेर चासो व्यक्त गरेका थिए। गत माघमा जनकपुर भ्रमणका क्रममा उनले सार्वजनिक जग्गा अतिक्रमण हटाउने प्रतिबद्धता पनि जनाएका थिए।
सडक डिभिजन कार्यालयले समयमै अतिक्रमण हटाई सार्वजनिक सडकको क्षेत्र सुरक्षित राख्न सबै सरोकारवालासँग आग्रह गरेको छ।काठमाडौं । जनकपुर क्षेत्रमा सडक अतिक्रमण हटाउने अभियान अघि बढेको छ। सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने माइस्थान–गौशाला–सम्सी तथा बर्दिबास–जलेश्वर सडकखण्डमा रहेका सबै अनधिकृत संरचना हटाउन ३५ दिनको अन्तिम समयसीमा दिएको छ।

सडक डिभिजन कार्यालयले समयमै अतिक्रमण हटाई सार्वजनिक सडकको क्षेत्र सुरक्षित राख्न सबै सरोकारवालासँग आग्रह गरेको छ।
प्रतिकृया लेख्नुहोस्: