काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ, रातो आलु (लाम्चो) ५२ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५७ रुपैयाँ कायम गरिएको छ।
हरियो तरकारीतर्फ स्थानीय काउली १२० रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, भन्टा ६०–७० रुपैयाँ, भिन्डी ६० रुपैयाँ, लौका ७० रुपैयाँ, तीते करेला ७० रुपैयाँ, घिउ सिमी १४०–१६० रुपैयाँ र टाटे सिमी १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागपातमा रायो साग र पालुङ्गो प्रतिकिलो २०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ, हरियो प्याज २०० रुपैयाँ तथा हरियो धनियाँ ३५० रुपैयाँ निर्धारण गरिएको छ।
च्याउतर्फ कन्य च्याउ २८० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो पुगेको छ।
फलफूलमा फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा (दर्जन) ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दशहरी आँप २०० रुपैयाँ, जुनार ३०० रुपैयाँ, स्थानीय नास्पाती ८० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ र ड्रागन फ्रुट ४०० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
मसलातर्फ अदुवा २३० रुपैयाँ, हरियो खुर्सानी ७०–९० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २४० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ तथा सुकेको खुर्सानी ५५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
यस्तै, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा र छडी माछा ३०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: