काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले हिंस्रक सैन्य आक्रमण गरेको भन्दै तीव्र निन्दा गरेका छन्।
खनालले उक्त कदमलाई भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लंघन, अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराधको संज्ञा दिएका छन्। आइतबार जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्,
“यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवादको स्पष्ट उदाहरण हो।”
खनालका अनुसार अमेरिकाले लामो समयदेखि भेनेजुएलामाथि ‘गिद्धे दृष्टि’ राख्दै आएको छ। विश्वकै ठूलो तेल भण्डार कब्जा गर्ने उद्देश्यले अमेरिकाले यस्तो आक्रमण गरेको उनको आरोप छ।
उनले राष्ट्रपति निकोलस मदुरो सरकारलाई हटाउन ‘ड्रग ट्राफिकिङ’को झुटो बहाना बनाइएको दाबी गर्दै यसलाई साम्राज्यवादी षड्यन्त्रको हिस्सा बताएका छन्।
पूर्वप्रधानमन्त्री खनालले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध डटेर उभिएको उल्लेख गर्दै विश्वका न्यायप्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेरिकी कारबाहीको विरोधमा रहेको बताएका छन्।
उनले नेपाली कम्युनिष्ट पार्टी र नेपाली जनताको तर्फबाट भेनेजुएलाका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै राष्ट्रपति मदुरो र उनकी पत्नीको सकुशल रिहाइको माग गरेका छन्।
साथै, संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंसात्मक आक्रमणविरुद्ध कडा कानुनी कदम चाल्न तथा साना र कमजोर मुलुकहरूको सार्वभौमसत्ताको रक्षा गर्न आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८२ - ११:०६
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...
पौष २० गते, २०८२ - १०:३९
काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...
पौष २० गते, २०८२ - १०:३८
विराटनगर। मोरङको रंगेली नगरपालिका–स्थित प्रसिद्ध संसारी माई मन्दिरमा चोरी भएको छ। मन्दिरबाट देवीदेवताका मूर्ति, चाँदीका गरगहना तथा दान पेटिकामा रहेको ...
पौष २० गते, २०८२ - १०:३६
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको ग...
पौष २० गते, २०८२ - १०:३२
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले हिंस्रक सैन्य आक्रमण गरेको भन्दै तीव्र निन्दा गरेका छन्। ...
पौष २० गते, २०८२ - १०:२९
ताप्लेजुङ । पवित्र धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो। हिमपात भएस...
पौष २० गते, २०८२ - १०:२७
रोल्पा। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी सवार जीप दुर्घटनामा पर्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घ...
पौष १९ गते, २०८२ - २१:५१
काठमाडौँ । फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उ...
पौष १९ गते, २०८२ - २१:५१
काठमाडौं । नेपाली राजनीतिको केन्द्रबिन्दु झापा–५ आगामी निर्वाचनको तयारीसँगै चर्चा र विश्लेषणको प्रमुख विषय बनेको छ। नेकपा ९एमाले० का अध्यक्ष तथा पूर...
पौष १९ गते, २०८२ - २१:३०
मकवानपुर । मादक पदार्थ सेवन (मापसे) जाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार एक कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। मादक पद...




प्रतिकृया लेख्नुहोस्: