काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार सोमबार बिहानसम्म मृतकमध्ये २ जना नेपाली र २ जना भारतीय नागरिकको पहिचान खुलेको हो।
पहिचान खुल्नेहरूमा हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल, हेटौंडा–२ कान्ति राजपथका २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्यको पटना निवासी ४२ वर्षीय रजनिस कुमार र बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहेका छन्। बाँकी दुई पुरुषको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतकहरूको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ।
आइतबार साँझ करिब ५ः३० बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत जुरीखेतमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो। जिपमा ९ जना सवार थिए।
दुर्घटनापछि उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएकामध्ये साँझ ७ः१५ बजे चिकित्सकले ६ जनालाई मृत घोषणा गरेका थिए।
जिप चालक हेटौंडा–४ कर्राचोकका ४० वर्षीय गणेश थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर रेफर गरिएको छ।
त्यस्तै, मृतक सविता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल पनि गम्भीर घाइते छन्। उनलाई पनि भरतपुरस्थित पुरानो मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ की २१ वर्षीया रिचा चौधरीको भने हेटौंडा अस्पतालमै उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - ०९:२२
महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...
पौष २२ गते, २०८२ - ०९:२१
पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...
पौष २२ गते, २०८२ - ०९:०६
दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...
पौष २२ गते, २०८२ - ०८:५८
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि पार्टीभित्र आन्तरिक छलफलमा सक्रिय भएका छन्। एकता सन्...
पौष २२ गते, २०८२ - ०८:४६
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको...
पौष २२ गते, २०८२ - ०८:३२
म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक य...
पौष २२ गते, २०८२ - ०८:२३
भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ...
पौष २२ गते, २०८२ - ०८:१९
काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने...
पौष २२ गते, २०८२ - ०८:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव डा....
पौष २२ गते, २०८२ - ०८:०८
काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ म...




प्रतिकृया लेख्नुहोस्: