Khabar Dabali २२ पुष २०८२ मंगलवार | 6th January, 2026 Tue
Investment bank

मौसमी फ्लुका बिरामी बढ्यो, कसरी बच्ने ?

खबरडबली संवाददाता

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ । 

कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् ।

उनी भन्छन्, “जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन् ।” उनका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो ।

“जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउछन् । तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ,” उनी भन्छन् । चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकहरूको अनुभव छ । विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा खड्का बताउँछन् ।“यो दुखाइ समयमै ध्यान नदिए विस्तारै दीर्घरूप लिन सक्छ,” उनी भन्छन्।

त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ ।साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ ।
यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउछन् ।

डा खड्का भन्छन्, “माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो ।”चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् ।

डा. खड्काले सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै भन्छन्, “बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ ।”उनी थप्छन्, “सही कारण पहिचान गरी समयमै उपचार गरेमा जाडो मौसममा देखिने अधिकांश टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।”

टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् ।

जाडो मौसममा सानो लापरबाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेन्द्रनगरमा चिसो बढेपछि विद्यालय बन्द

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ बजेसम्म थप

पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू  आदेश थप गरेको छ ।  प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...

स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा २१ लाख आम्दानी

दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...

भारतबाट फर्किएगत्तै आन्तरिक छलफलमा प्रचण्ड, राष्ट्रिय सभामा तालमेलको कसरत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि पार्टीभित्र आन्तरिक छलफलमा सक्रिय भएका छन्।  एकता सन्...

राष्ट्रिय सभा निर्वाचन- कांग्रेसले आज उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको...

माटो मिसाएर गरिएको ढलान जनप्रतिनिधिले भत्काइदिए

म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक य...

आमचोकमा तीन करोड लगानीमा चियाखेती

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ...

एमाले कार्यकर्ताले १० वर्षदेखि सूर्य चिह्नमा भोट हाल्न नपाएको झापा–३ मा ओली लड्दैछन् ?

काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने...

एमाले सचिवालय बैठक- राष्ट्रियसभा निर्वाचनबारे के लेला निर्णय ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव डा....

राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच गठबन्धन हुने निश्चित, १८ सीट कसरी हुँदैछ बाँडफाँट ?

काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending