Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

एमाले कार्यकर्ताले १० वर्षदेखि सूर्य चिह्नमा भोट हाल्न नपाएको झापा–३ मा ओली लड्दैछन् ?

खबरडबली संवाददाता

काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गर्‍यो । यससँगै झापा–३ मा पनि अध्यक्ष ओलीकै नाम सिफारिस गर्नुपर्ने आवाज तीव्र रूपमा उठ्यो ।

‘उपस्थित सम्पूर्ण सदस्यले केन्द्रीय अध्यक्ष नै उठ्नुभयो भने झापा–३ मा जिताउन सकिन्छ भनिरहनुभएको छ । यसमा सबैको एकमत पनि छ,’ एमाले कोशी प्रदेश सल्लाहकार समिति सदस्य माधव विद्रोहीले यति भनेपछि सभामा व्यापक समर्थन सुनियो ।

तर, त्यो आवाज वास्तविक समर्थनभन्दा बढी ओलीविरुद्धको ‘सांकेतिक व्यंग्य’ थियो । पार्टीका सर्वोच्च कमान्डर ओलीविरुद्ध आफ्नै गृहजिल्लाका सदस्य किन आक्रोशित भए ? यसको मूल कारण एउटै थियो, झापा–३ प्रति ओलीले लामो समयदेखि गर्दै आएको उपेक्षा र अपहेलना ।

झापा–३ बाट क्षेत्रीय कमिटीले प्रत्यक्षतर्फ दीपक कार्कीको नाम पहिलो नम्बरमा, हरि राजवंशी दोस्रो र वसन्त बानियाँको नाम तेस्रो नम्बरमा सिफारिस गरेको छ । चौथो, पाँचौं र छैटौं नम्बरमा क्रमशः सन्तलाल मेचे, देवेन्द्र आचार्य र कल्पना रेग्मीको नाम राखियो ।

रोचक त के भने झापा–५ मा कार्कीको नाम पहिलो नम्बरमा सिफारिस हुनु पनि एक प्रकारको सांकेतिक असन्तुष्टि नै थियो । ‘सबै अवसर झापा–५ लाई नै दिनु छ भने खुला रूपमा दिइयोस्’ भन्ने सन्देश झल्काउने गरी ।

तर, क्षेत्रीय कमिटीले सिफारिस गरेका नाममध्ये जिल्ला कमिटीले हरि राजवंशी र वसन्त बानियाँको नाम मात्र केन्द्रमा पठाएको कार्यालय सचिव छविलाल विश्वकर्माले बताए । ‘पार्टी अध्यक्षको नाम पनि उठेको हो तर त्यो अर्कै प्रसंगमा उठेको हो,’ विश्वकर्मार्ले भने ।

यही पृष्ठभूमिमा झापा–३ का एमाले सदस्यले प्रश्न गरिरहेका छन्– किन ओलीले आफ्नो निर्वाचन क्षेत्रलाई ‘काखा’ र अन्य क्षेत्रलाई ‘पाखा’ गरिरहेका छन् ?

हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनको नतिजा हेर्दा असन्तुष्टिको कारण थप स्पष्ट हुन्छ । झापा–५ बाट अध्यक्ष ओली र सचिव हिक्मतकुमार कार्कीसहित १५ जना केन्द्रीय सदस्य निर्वाचित भए ।

उनीहरूमध्ये दीपक कार्की केन्द्रीय सदस्य बने भने उनकी श्रीमती लीला कट्टेल अनुशासन आयोगको सदस्य भइन् । केपी ओलीका नातेदार रोमनाथ ओली, दाजुभाइ होमबहादुर थापा र गोविन्द थापा, दमक नगरकी पूर्व उपप्रमुख गीता अधिकारी, पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, पूर्वमन्त्री अग्नि खरेल, सुनिता बराल, गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी, निर्मला शिवाकोटी पाठक, मेनुका काफ्ले र इन्द्र भण्डारी पनि केन्द्रीय संरचनामा पुगे ।

झापा–५ बाट १५ जना केन्द्रमा पुग्दा झापा–४ र झापा–२ बाट दुई/दुई जना तथा झापा–१ बाट एक जना मात्रैको प्रतिनिधित्व भयो । झापा–३ बाट भने एक जनालाई पनि केन्द्रीय सदस्य बनाइएन । जसका कारण त्यो क्ष्ेँत्रमा एमाले मतदाताको आक्रोश चुलिँदै गएको छ । ‘तीन नम्बर क्षेत्रबाट एक जनालाई पनि केन्द्रीय सदस्य नबनाइनु विडम्वना हो,’ भद्रपुरका एक पुराना एमाले नेताले भने, ‘हामीलाई सधैं किन उपेक्षा गरिन्छ ? पार्टी नेतृत्वसँग यही प्रश्न छ ।’

झापा–५ बाट ओली पटक–पटक सांसद बने र प्रधानमन्त्री भए । सचिव हिक्मतकुमार कार्की हाल कोशी प्रदेशका मुख्यमन्त्री छन् । केन्द्रीय सदस्य देवेन्द्र दाहाल राष्ट्रियसभा सांसद हुँदै मन्त्रीसमेत बनिसकेका छन् । दाहालको सांसद पदावधि सकिँदैछ र उनको स्थानमा पुनः झापा–५ बाटै दीपक कार्कीले टिकट पाउने चर्चा छ ।

भद्रपुरमा यामबहादुर श्रेष्ठ, तिलबहादुर राई, खेमराज खरेल, माधव विद्रोहीजस्ता लामो समयदेखि पार्टीमा खटेका अनुभवी नेताहरू पनि छन् । तर, उनीहरूलाई सधैं पाखा लगाइने गरेको छ । उनीहरूले अहिलेसम्म कुनै उल्लेखनीय अवसर नपाएको गुनासो पोख्छन् ।

झापा–३ का एमाले कार्यकर्ताहरू सोधिरहेका छन्– ‘पटक–पटक एउटै मान्छे र एउटै क्षेत्रले मात्रै अवसर पाउने हो भने हामी किन संगठन बनाइरहने ?’ यो प्रश्न आज झापा–५ तर्फ सोझिएको छ ।

अझ गम्भीर कुरा त के छ भने झापा–३ का एमाले कार्यकर्ताले विगत १० वर्षदेखि सूर्य चिह्नमा मत हाल्नै पाएका छैनन् । हरेक संसदीय निर्वाचनमा ओलीले आफू सुरक्षित रहन झापा–३ मा राजावादी दल राप्रपासँग गठबन्धन गर्दै आएका छन् । झापा ३ राप्रपाको आधार क्षेत्र पनि हो ।

‘त्यसको बदलामा हाम्रो क्षेत्रले के पायो ?’ एक स्थानीय एमाले नेताको प्रश्न छ, ‘केही पनि पाएको छैनौं । हामी सधैं लौरो मात्रै बन्यौं, खोलो तरेपछि सधैं बिर्सिने लौरो ।’

झापा–३ मा उठेको ओलीको चर्चा त्यसैले समर्थनभन्दा बढी असन्तुष्टि र व्यंग्यको अभिव्यक्ति थियो । जो पार्टीभित्र गहिरिँदो क्षेत्रीय विभेदको संकेत पनि हो । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending