Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

आमाले सानैमा छाडेर गइन्, जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

खबरडबली संवाददाता

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् ।

बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ ।

चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नु परेको थियो । चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन् । टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन ।

बाल्यकाल निकै सङ्घर्षमा बिताएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे । अहिले उहाँ एउटा कुशल ट्र्याक्टर चालक बनिसेका छन् । तर, आफू जन्मेहुर्केको देशमा अनागरिक बन्नुपर्दा सीपसमेत बेकार बनेको छ । “निकै दुःख गरेर एउटा सीप सिकेको थिएँ, लाइसेन्स बनाउन पाए यसैको सहाराले परिवारको भरणपोषण गर्ने थिएँ । कागजात नहुँदा ट्र्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरो हुने भयो”, उनले सुनाए ।

विवेकको आमाले सानैमा छाडेर गइन्

विवेकका जिजूहजुरआमा अतिरुपाले भनिन्, “बुबाको पनि अत्तोपत्तो छैन । केही समय पहिला ज्वाइँ आइपुग्नुभएको थियो । सोधीखोजी गरेका थियौँ । उहाँकै केही कागजात बनेको रहेनछ । त्यसपछि फेरि त्यसै हराउनुभयो ।”

विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको अतिरुपाको भनाइ छ । कागजात भएका घरतर्फका आफन्त कोही फेला नपरेका कारण दुई पनाति पनातिनीको भविष्य नै अन्धकार बनेको उनले दुखेसो पोखेकी छन्।

विवेककी हजुरआमा बोल्न सक्दिनन् । जन्मजातै फरक क्षमताकी हुन् । जिजूहजुरआमा पनि वृद्ध भइसकेकी छन् । बहिनीको भविष्यको चिन्ताले विवेकलाई सताइरहन्छ । ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठूलो मान्छे बनाउने उनको सपना छ । तर, परिस्थितिले देशको नागरिकसम्म बन्ने हैसियत दिएन– दुई दाजुबहिनीलाई । एकपटक जन्मदर्ताका लागि स्थानीयवासीको सल्लाहमा दाजुबहिनी वडा कार्यालयसम्म पुगे पनि कुनै प्रमाण नभएको भन्दै त्यसै फर्कनुपरेको उनीहरूको गुनासो छ ।

विवेकले जेनतेन बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौनामा रहेको पटौना आधारभूत विद्यालयमा पढाएका छन् । कक्षा ७ मा पढ्ने बिविकालाई अर्को वर्ष कक्षा ८ मा अनिवार्य भर्ना गर्नुपर्छ भन्दै विद्यालयले जन्मदर्ता मागेको छ । तर, कसरी जन्मदर्ता बन्छ भन्ने केही थाहा छैन । बहिनीले पनि आफूले जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने उहाँलाई चिन्ता छ । आफू र बहिनीको जन्मदर्तामात्र बने पनि अलपत्र बन्नु पर्दैन थियो भन्ने उनलाई लागेको छ । आफ्नो र बहिनीको जन्मदर्ताका लागि पहल गरिदिन उनले आग्रहसमेत गरेका छन् ।

अर्कातर्फ विवेकको परिवारले प्रयोग गरिरहेको सानो बाँससमेत जीर्ण बनेर ढलेपछि अहिले परिवारलाई थप समस्या भएको छ । जसले गर्दा अहिले टाउको लुकाउने ठाउँसमेत नभएको उहाँले सुनाए । छिमेकीकोमा शरण लिएर बस्नुपरेको भन्दै विवेकले पुरानो घर भएको ठाउँमा ऋणधन गरेर भए पनि एउटा घर बनाउने सपना रहेको बताए । तर, काम गरेर तिर्छु भन्नलाई समेत कुनै कागजात नहुँदा ऋण पाउने आशा नरहेको उनको दुखेसो छ ।

निकै इमानदार र मेहेनती विवेकको परिवारले उनैको भरथेगमा गुजारा गरिरहेको स्थानीय सुवास श्रेष्ठले बताए । पढाइलेखाइ गर्न नपाएका विवेकले ट्र्याक्टर चलाउन सिकेर जीविका चलाउने आधार बनाए पनि पूरा गर्न नसकेको उनको भनाइ थियो । विद्यमान कानुनी व्यवस्थाका कारण उनको जन्मदर्ता बन्न नसक्दा उनीसहित उनको भावी पिँढीले समेत अनागरिकको जीवन बाँच्नुपर्ने अवस्था देखिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

विवेकको समस्याका विषयमा वडाका तर्फबाट हुनेसम्म गर्न आफू तयार रहेको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । नाबालक र नाबालिकाको जन्मदर्ताका विषयमा आफूले वडासचिवसँग नियमित कुराकानी गरेर कानुनी प्रक्रियाअनुसार निकासका लागि पहल गरिरहेको उनले सुनाए । “कानुनले दिएको दायरमा रहेर उनीहरूको कागजात बनाउने कुरामा पहल गरिरहेको छु”, वडाध्यक्ष घिसिङले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी । बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फर...

पार्टी फुट्ने अवस्था आए विशेष महाधिवेशनको हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने विश्वास व्यक्त गरेका छन्। उनले काठमाडौंमा ...

कुलमान घिसिङको राजीनामापछि अरू दुई मन्त्री के गर्छन् ?

काठमाडौं । सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले ११४ दिनपछि पदबाट राजीनामा दिएका छन्। घिसिङले ...

सरकारले माग्यो १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी (सूचनासहित)

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ।  सरकारद्वारा जारी सूचनाअनुसार, प्रह...

लगातार बढ्दै आएको अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइ...

मन्त्री पदबाट राजीनामा दिँदै कुलमानले भने– म कुनै दलको सदस्य छैन

काठमाडौँ । करिब ११५ दिन मन्त्री भएर राजीनामा दिएका कुलमान घिसिङले हालसम्म आफू कुनै पनि दलमा सहभागी भएको वा सदस्यता नलिएको दाबी गरेका छन् । प्रधानमन...

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छ: मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्न...

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा

काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको...

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ। निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुर...

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

गण्डकी ।  तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending