नेपाली कांग्रेस आज कुनै बाह्य शत्रुका कारण कमजोर बनेको होइन। न त विचार सकिएको हो, न इतिहास मरेको हो । कांग्रेसलाई कमजोर बनाएको छ । आफ्नै नेतृत्वको भय, नियन्त्रण र सत्तालोलुपता। र त्यसको सबैभन्दा ठोस प्रतीक बनेको छ । विधानमा लागेको देउवाको ताला। यो ताला फलामको होइन। यो संशोधन नमान्ने अहंकार, बहस नचाहने मानसिकता र पुस्तान्तरणसँग डराउने नेतृत्व को ताला हो।
विधान : चलायमान संस्था कि स्थिर सिंहासन?
लोकतान्त्रिक पार्टीमा विधान परिवर्तनशील हुन्छ। समय, पुस्ता र राजनीतिक चुनौतीसँगै परिमार्जित हुन्छ। तर नेपाली कांग्रेसमा विधान संविधान होइन, सिंहासनको घेरा बनेको छ।
महाधिवेशन सकियो। तर पार्टी अझै अधुरो छ। निर्णय प्रक्रियामा पारदर्शिता छैन। भ्रातृ संगठनहरू निष्क्रिय छन्। युवा नेता केवल पोस्टरका अनुहार बनेका छन्। किन? किनकि विधानको व्याख्या एउटा व्यक्तिको सुविधाअनुसार हुन्छ।
देउवा : नेता कि संरक्षक?
शेरबहादुर देउवा कांग्रेसका नेता हुन्—यो निर्विवाद छ। तर आज प्रश्न उठेको छ—के उनी पार्टीका संरक्षक हुन् कि मालिक? विधानले सभापतिलाई दिएको अधिकारलाई देउवाले अन्तिम सत्य जस्तै बनाएका छन्।
विपक्षी स्वरलाई ‘असहयोग’ भनिन्छ। सुधारको मागलाई ‘अराजकता’ ठहर गरिन्छ। आलोचनालाई ‘दलविरोधी गतिविधि’ का रूपमा प्रस्तुत गरिन्छ। यो लोकतान्त्रिक पार्टीको चरित्र होइन। यो दरबारको शैली हो।
युवा पुस्ता : सहायक कि शोपीस?
कांग्रेसले युवा नेता उत्पादन गरेको छ। तर निर्णय गर्ने हैसियत दिएको छैन। गगन थापा, विश्वप्रकाश शर्मा, शेखर कोइराला—यी नामहरू लोकप्रिय छन्, तर शक्तिहीन छन्। उनीहरूको भूमिका बहसमा सीमित छ, निर्णयमा होइन। विधान संशोधनको कुरा आउँदा बैठक बस्छ, ताली बज्छ, तर फाइल बन्द हुन्छ। यसरी पार्टीभित्रै लोकतन्त्र नचल्ने कांग्रेसले देशमा लोकतन्त्रको पाठ पढाउनु आत्मवञ्चना होइन र?
चुनाव जित्ने रणनीति कि पार्टी मार्ने प्रक्रिया?
देउवाको तर्क सधैं एउटै छ— “अहिले पार्टी एकतामा ध्यान दिनुपर्छ।” तर कुन एकता?
डरले थामिएको एकता? आलोचना नबोल्ने शान्ति? यो एकता होइन, दमनको मौनता हो।
छोटो समयमा यसले सत्ता जोगिन सक्छ। तर दीर्घकालमा कांग्रेसलाई विचारविहीन, ऊर्जाहीन र विकल्पविहीन बनाउँछ।
जनता हेर्दै छन्
जनता मूर्ख छैनन्। उनीहरूले देखिरहेका छन् कांग्रेस सत्ता समीकरणमा रमाइरहेको छ । सुधारको एजेन्डा हराइरहेको छ । वैचारिक साहस घट्दैछ र त्यसैले कांग्रेसको भोट घटेको छ।
त्यसैले नयाँ शक्तिहरू जन्मिएका छन्। त्यसैले कांग्रेस विकल्प होइन, सम्झौतावादी दलको रूपमा हेरिन थालेको छ।
अन्तिम प्रश्न : ताला कहिले खोलिन्छ?
इतिहास कसैलाई कुर्दैन। पार्टी पनि होइन। यदि देउवाले विधानको ताला खोल्न सकेनन् भने
कांग्रेस इतिहासको संग्रहालयमा सीमित हुनेछ। यदि कांग्रेसले नेतृत्वभन्दा संस्थालाई माथि राख्न सकेन भने यो पार्टी होइन, स्मृतिको संगठन बन्नेछ। आज विकल्प स्पष्ट छ विधान खोल्ने पुस्तान्तरण स्वीकार्ने र बहसलाई शक्ति मान्ने नत्र, देउवाको ताला केवल विधानमै होइन, कांग्रेसको भविष्यमा स्थायी रूपमा लाग्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: