Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

जेनजी आन्दोलनबाट ८४ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब आवश्यक

खबरडबली संवाददाता

काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने भएको छ।

आन्दोलनबाट भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय समितिले उक्त लागत अनुमानसहितको प्रतिवेदन तयार गरेको हो।

प्रतिवेदनअनुसार सार्वजनिक क्षेत्रमा क्षति भएका भवनको पुनर्निर्माण तथा मर्मत, सवारी साधन र अन्य भौतिक सामग्रीको खरिद तथा मर्मतका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यसमध्ये भवन पुनर्निर्माणतर्फ १९ अर्ब ९८ करोड ९८ लाख, सवारी साधनको खरिद तथा मर्मततर्फ ६ अर्ब १६ करोड ८० लाख र अन्य भौतिक वस्तुको खरिद तथा मर्मतका लागि १० अर्ब १४ करोड ४२ लाख रुपैयाँ खर्च लाग्ने उल्लेख छ।

समितिको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा देशभर कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यो रकम देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.३८ प्रतिशत र चालु आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबर हो।

कुल क्षतिमध्ये ५३ प्रतिशत सरकारी तथा सार्वजनिक क्षेत्रमा, ४० प्रतिशत निजी क्षेत्रमा र बाँकी ७ प्रतिशत सामुदायिक तथा अन्य क्षेत्रमा भएको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी क्षति बागमती प्रदेशमा भएको छ। कुल क्षतिमा बागमती प्रदेशको हिस्सा ६६.५ प्रतिशत रहेको छ। रकमका आधारमा कोशी प्रदेशमा १० अर्ब २४ करोड, मधेश प्रदेशमा ४ अर्ब ९२ करोड, बागमती प्रदेशमा ५६ अर्ब २३ करोड, गण्डकी प्रदेशमा ४ अर्ब १ करोड, लुम्बिनी प्रदेशमा ५ अर्ब ९९ करोड, कर्णाली प्रदेशमा ६२ करोड र सुदूरपश्चिम प्रदेशमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

आन्दोलनका कारण वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको प्रतिवेदनमा उल्लेख छ। साथै, २ हजार ९९९ जनाको रोजगारीमा प्रत्यक्ष असर परेको देखिएको छ, जसमध्ये २ हजार ३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएका छन्।

आन्दोलनका क्रममा कुल २ हजार ६७१ वटा भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन रहेका छन्। भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख, सवारी साधनमा १२ अर्ब ९३ करोड ६१ लाख, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख, नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख र अन्य अस्थायी तथा निजी सम्पत्तिमा ९ अर्ब २ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।

प्रतिवेदनमा आन्दोलनका क्रममा भएको मानवीय क्षतिको विवरण पनि समेटिएको छ। आन्दोलनमा ७७ जनाको मृत्यु भएको थियो, जसमध्ये ७३ जना पुरुष र ४ जना महिला रहेका छन्। मृतकमध्ये १३ देखि २८ वर्ष उमेर समूहका ३९ जना रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिने

बुटवल। सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्। सर...

डा. गोविन्द केसीका मागबारे सरकारसँग धनगढीमा वार्ता सुरु

धनगढी। डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सरकार र केसी पक्षबीच धनगढीमा वार्ता सुरु भएको छ। शिक्षा मन्त्रालयको पहलमा गठन गरिएको वार्ता टोली...

प्रश्नपत्र प्रकरण: दुई दिनभित्र छानबिन गरी दोषीलाई कारबाही गर्न स्ववियुको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले दुई दिनभित्र निष्पक्ष छान...

कोशीको मुख्यमन्त्री बन्ने निश्चित नहुँदै तिलकुमार मेन्याङ्बोलाई बधाईको ओइरो

काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा चुलिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो...

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण: दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक...

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनाबारे त्रिविले गठन गर्‍यो छानबिन समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। त्रिभु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending