Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

भैरहवामा रुपन्देही–११ को दबदबा कायम, आर्मी ‘ए’ विरुद्ध एकदिवसीय सिरिज कब्जा

खबरडबली संवाददाता

भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट प्रदर्शन जारी राखेको छ। सिरिजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब ‘ए’लाई ४९ रनले पराजित गर्दै रुपन्देहीले तीन खेलको सिरिज एक खेल बाँकी छँदै आफ्नो नाममा सुरक्षित गरेको हो।

यसअघि बुधबार भएको पहिलो एकदिवसीय खेलमा पनि रुपन्देहीले आर्मी ‘ए’ लाई ८७ रनले पराजित गरेको थियो। त्यस्तै, प्रतियोगिता सुरु हुनुअघि खेलिएको दुई दिवसीय टेस्ट क्रिकेट पनि रुपन्देही–११ ले नै जितेको थियो।

शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले मौसमका कारण २८ ओभरमा छोट्याइएको खेलमा २६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको चुनौती प्रस्तुत गर्‍यो। टोलीका लागि सन्दीप रजालीले सर्वाधिक ३१ रन जोडे भने विशाल भुसालले २८ रन बनाए। निश्चल ज्ञवालीले १७ रनको योगदान दिए। मिर्नाल गुरुङ र अमर मिश्राले समान १३–१३ रन जोड्दा कृष्ण कार्कीले १२ र विप्रसन केसीले १० रन बनाए।

आर्मी ‘ए’ का लागि बलिङमा पवन कार्कीले ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। अनिश धामीले ३ विकेट लिए भने घनश्याम पाण्डे, पारससिंह धामी र प्रेम गुरुङले समान १–१ विकेट हात पारे।

१५३ रनको लक्ष्य पछ्याएको आर्मी ‘ए’ २५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमै सीमित भयो। आर्मीका निर्मल शाहीले अर्धशतक बनाउँदै ५१ रन जोडे भने लक्ष्मण परियारले १६ र प्रदीप पेलाले १५ रन बनाए। तर अन्य ब्याटरहरू असफल हुँदा टोली दबाबमा आयो। आर्मीका पाँच खेलाडी शून्य रनमै आउट भए।

रुपन्देहीका बलरहरू खेलभर हाबी देखिए। कृष्ण कार्कीले ४ विकेट लिए भने विशाल भुसालले ३ विकेट झारे। विप्रसन केसीले २ तथा सागर गैरेले १ विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि कृष्ण कार्की ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै २ हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए।

नेपालमै पहिलोपटक एउटै प्रतियोगितामा दुई टिमबीच तीन फरम्याट—दुई दिवसीय टेस्ट, एकदिवसीय र टी–२०—मा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ। दुई दिवसीय टेस्ट र एकदिवसीय सिरिज सम्पन्न भइसकेपछि टी–२० सिरिज खेलाइने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए।

प्रतियोगिताका मुख्य प्रायोजक भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठिया हुन्, जसले आफ्ना स्वर्गीय पिता पवनकुमार सेठियाको स्मृतिमा प्रतियोगिता आयोजना गरेका हुन्। प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ, जुन भैरहवाको लुम्बिनी नेत्रालय प्रालिको प्रायोजनमा रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending