काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । प्रतियोगिता ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी गराए ।
पुरुष डबल्स ‘ए’ मा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् । पुरुष डबल्स ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ४० हजार, २० हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यु–१७ को विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले २५÷२५ सय नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा हुने चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०९:०९
झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...
जेष्ठ १६ गते, २०८३ - ०९:०८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...
जेष्ठ १६ गते, २०८३ - ०९:०५
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...
जेष्ठ १६ गते, २०८३ - ०९:०१
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...
जेष्ठ १६ गते, २०८३ - ०८:५९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...
जेष्ठ १६ गते, २०८३ - ०८:५६
बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...
जेष्ठ १६ गते, २०८३ - ०८:५३
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...
जेष्ठ १६ गते, २०८३ - ०८:४०
काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय ...
जेष्ठ १६ गते, २०८३ - ०८:३५
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...
जेष्ठ १६ गते, २०८३ - ०७:१०
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...



प्रतिकृया लेख्नुहोस्: