काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । प्रतियोगिता ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी गराए ।
पुरुष डबल्स ‘ए’ मा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् । पुरुष डबल्स ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ४० हजार, २० हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यु–१७ को विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले २५÷२५ सय नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा हुने चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - १२:५२
काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...
पौष २९ गते, २०८२ - १२:३१
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...
पौष २९ गते, २०८२ - १२:२६
मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...
पौष २९ गते, २०८२ - १२:२३
काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...
पौष २९ गते, २०८२ - १२:२०
काठमाडाैं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ । ...
पौष २९ गते, २०८२ - १२:१८
काठमाडौं । नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको प्रयासले फेरि गति लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको ...
पौष २९ गते, २०८२ - १२:१३
काठमाडौं । आजको डिजिटल युगमा, धेरै मानिसहरू उठ्ने बित्तिकै आफ्नो फोन वा पेन्डिङ कामहरूमा अल्झिन्छन्, जसले दिनभरि उनीहरूको उत्पादकता र मानसिक शान्तिलाई...
पौष २९ गते, २०८२ - १२:११
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन केवल प्रस्तावमाथिको छलफलमा सीमित छैन, यो नेतृत्व, नीति र नैतिकतामाथिको जनअदालत बन्दै गएको छ । महामन्त्रीद्...
पौष २९ गते, २०८२ - ११:४०
हुम्ला । अत्यधिक चिसो बढेसँगै हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटसँगको व्यापारिक आवागमन पू...
पौष २९ गते, २०८२ - ११:३१
काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४...




प्रतिकृया लेख्नुहोस्: