ताप्लेजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी ९मनोनयन० दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका हुन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका १३ मध्ये पाँच जना उम्मेदवार एउटै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहेको छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू, नेकपा ९एमाले० का क्षितिज थेबे र नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री ९पराग० रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको इन्जिनियर वीरेन्द्र श्रेष्ठ र श्रम संस्कृति पार्टीका सन्तोष राई सिरिजङ्घा गाउँपालिकाकै हुनुहुन्छ । कांग्रेसका उम्मेदवार तुम्याहाङ सिरिजङ्घा गाउँपालिका–७, खेवाङ, एमालेका थेबे र रास्वपाका उम्मेदवार वडा १ सिनाम, नेकपाका बुडाक्षेत्री वडा ५ पेदाङ र श्रम संस्कृतिका उम्मेदवार राई वडा ८ याम्फुदिनका रहेको छन् ।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका सूर्य गुरुङ, जनता समाजवादी पार्टीका अरुण सुब्बा लेछर्बो, उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन र मङ्गोल नेसनल अर्गनाइजेसन नेपालका सन्तबहादुर लिम्बू फु्ङलिङ नगरपालिकाबाट हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्द्रप्रसाद थापा र नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ लिम्बू मिक्वाखोला गाउँपालिकाका छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मुक्साम लाबुङ लिम्बू र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का नरपति पौडेल फक्ताङ्लुङ गाउँपालिकाका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताप्लेजुङबाट मनोनयन दर्ता गराएका १३ जनाकै उम्मेदवारी कायम रहेको छ । बुधबारका लागि तोकिएको दाबीविरोध वा उजुरीको समयावधिमा कसैको पनि उजुरी नपरेपछि सबैजनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १५:१०
नारायणगढ। नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगरपालिका वडा २९ बस्ने वर्ष २९ ...
माघ १० गते, २०८२ - १४:५५
टोकियो। जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३।१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी ...
माघ १० गते, २०८२ - १४:४६
धनगढी। कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मोहनसिंह राठौर र क्षेत्र ...
माघ १० गते, २०८२ - १४:३७
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा ८ दिनपछि पदबहालीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। उन...
माघ १० गते, २०८२ - १४:३१
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता हरिबोल गजुरेललाई सिन्धुली–२ बाट बागी ...
माघ १० गते, २०८२ - १४:१८
काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देशले आवश्यक ठानेका व्यक्तिलाई आगामी निर्वाचनमा सहयोग ग...
माघ १० गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै हुनुहुन्छ । काठमाडौँमा यही माघ १ गते सम्पन्न दो...
माघ १० गते, २०८२ - १३:४९
इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको छ। उक्त घटना बिहीबार प्रान्तीय राजधान...
माघ १० गते, २०८२ - १३:४०
रौतहट। गौर–पिपरा सडकखण्ड, राजदेवी नगरपालिका, पथरामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ। घटनामा संलग्न मोटरसाइकलहरू प्र०२–०३–०...
माघ १० गते, २०८२ - १३:२६
काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आगामी फागुन २१ को निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट दिइएको आफ्नो उम्मेदवारी फिर्ता लिने नि...




प्रतिकृया लेख्नुहोस्: