इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको छ। उक्त घटना बिहीबार प्रान्तीय राजधानी कराँचीको पाक कोलोनी क्षेत्रमा भएको हो।
प्रहरीका अनुसार नौ सदस्यीय आपराधिक गिरोह लुकेको सूचना पाएपछि सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा छापा मारेका थिए। छापाका क्रममा गिरोहका सदस्यहरूले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुवै पक्षबीच भीषण गोली हानाहान भएको थियो।
मुठभेडको क्रममा ६ जना संदिग्ध घटनास्थलमै मारिएका हुन्।
घटनापछि प्रहरीले घटनास्थलबाट ६ थान पिस्तोल, गोली–बारुद, एक थान राइफल तथा दुईवटा मोटरसाइकल बरामद गरेको छ। प्रहरीका अनुसार बरामद गरिएका हतियारहरू विभिन्न आपराधिक गतिविधिमा प्रयोग गरिएको आशंका गरिएको छ।
प्रहरीले उक्त गिरोह विभिन्न डकैती तथा सडक अपराधमा लामो समयदेखि संलग्न रहेको जनाएको छ। साथै, उनीहरू मंगलबार घरभित्र डकैती गर्ने क्रममा तीन दाजुभाइको हत्या गरिएको घटनामा पनि संलग्न रहेको आशंका गरिएको छ।
गिरोहका दुई सदस्यलाई यसअघि नै पक्राउ गरिएको र बाँकी फरार अभियुक्तहरूको खोजी तथा अनुसन्धान कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीहरूले कराँचीका अन्य संवेदनशील क्षेत्रमा पनि निगरानी बढाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...
माघ १० गते, २०८२ - १५:१०
नारायणगढ। नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगरपालिका वडा २९ बस्ने वर्ष २९ ...




प्रतिकृया लेख्नुहोस्: