काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देशले आवश्यक ठानेका व्यक्तिलाई आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै उनले भने, “आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। प्रस्तावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दछु।”
विभिन्न व्यक्ति र दलको आग्रहपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए। उनले थपे, “देशको अहिलेको तरल अवस्था अझै निश्चित आकार ग्रहण गरेको छैन। तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा राम्रो हुन्छ भन्ने साथीहरू, दलको पनि सुझाव आयो।”
बाबुरामले सबैको आग्रह बमोजिम बाहिर रहँदै अभिभावकीय भूमिका निर्वाह गर्ने र दलहरूलाई सघाउने योजना रहेको बताए। उनले भने, “म जीवनभरिको अभिष्ट संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयन हो। चुनौती थपिएका छन्, ती व्यवस्थापन गर्नुपर्छ। मुख्य रूपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रूपमा अघि बढ्नुपर्छ।”
उनी उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को आग्रहमा तयार भएका हुन्। रास्वपाले यस क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ। बुर्लाकोटी यही क्षेत्रबाट यसअघि पनि निर्वाचनमा सहभागी भएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका थिए। यसपटक प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।
स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...
माघ १० गते, २०८२ - १५:१०
नारायणगढ। नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगरपालिका वडा २९ बस्ने वर्ष २९ ...




प्रतिकृया लेख्नुहोस्: