Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

चुनावको पर्दा पछाडि चलिरहेको भोटको राजनीति

निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु

गुमनाम गाउँले

गत निर्वाचनमा राप्रपाका नेता कमल थापाले आफ्नै पार्टीको चुनाव चिह्न छाडेर एमालेको सूर्य चिन्ह लिएर चुनाव लडे। विडम्बना, उनी राप्रपाकै नेतासँग पराजित भए। त्यतिबेला व्यक्तिगत स्वार्थकै कारण भए पनि उनले सूर्यमा मत माग्नुपरेको थियो।

यसपटक भने थापा आफ्नै पार्टी राप्रपाको चुनाव चिह्न हलो लिएर काठमाडौं–५ बाट मैदानमा छन्। अहिलेसम्म राप्रपाको कुनै औपचारिक गठबन्धन सार्वजनिक भएको छैन।

नेपाली कांग्रेसले त झन् विशेष महाधिवेशनबाटै कसैसँग गठबन्धन नगरी चुनाव लड्ने नीति पारित गरिसकेको छ। त्यसैले कागजमा हेर्दा अहिले कुनै पनि ठूला पार्टीबीच औपचारिक गठबन्धन छैन।

तर संसदीय राजनीतिमा लामो अनुभव भएका कांग्रेस, एमाले, नेकपा र राप्रपाबीच क्षेत्रअनुसार ‘गोप्य तालमेल’ हुने सम्भावनालाई नकार्न सकिँदैन। किनकि यस्तो अभ्यासको सुरुवात भइसकेको संकेत देखिन थालेको छ।

एमाले–प्रलोपा गठबन्धन : संकेत कि उदाहरण?

आइतबार एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच भएको तालमेलले यही संकेत दिएको छ। सहमतिअनुसार, रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई निर्वाचित गराउने शर्मा र ओलीबीच सहमती भएकाे छ । यी दुवैको पक्षमा एमालेले आँखा चिन्हमा मतदान गर्ने सहमती भएकाे छ।

सहमतिपत्रको अर्को बुँदामा भने कर्णालीका हुम्ला र जुम्लाबाहेकका जिल्ला तथा पुरानो राप्ती अञ्चलमा प्रलोपाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मत दिने उल्लेख गरीएकाे छ।

रुकुम पूर्व–पश्चिम : अंकगणितले के भन्छ?

रुकुम पूर्वमा अघिल्लो निर्वाचनमा माओवादीका पूर्णबहादुर घर्तीले १२,२६८ मत ल्याएका थिए भने एमालेका कैलाश मल्लले ५,२११ मत। समानुपातिकमा माओवादीको ८,२७१ र कांग्रेसको ५,६९२ मत थियो।

अब यही क्षेत्रमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका छन् । यहाँ एमालेको उम्मेदवार छैन । यदि एमालेको सम्पूर्ण मत प्रलोपाका सन्दीप पुनतिर गयो भने, प्रचण्डलाई गम्भीर चुनौती खडा हुने आँकलन गरिएको छ।

रुकुम पश्चिममा जनार्दन शर्मालाई एमालेको समर्थन मिल्दैछ। अघिल्लो निर्वाचनमा शर्माले ३९,५४९ मत पाएका थिए भने एमाले उम्मेदवारले १२,९६९। यसपटक निर्णायक कुरा भनेको माओवादीको परम्परागत मत कति कायम रहन्छ भन्ने हो।

झापा–३ र ५ : भोट साटासाटको सम्भावित केन्द्र

यसैबीच झापाको निर्वाचन क्षेत्र ३ र ५ मा गोप्य गठबन्धनबारे छलफल भइरहेको स्रोतको दाबी छ।

क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी ओलीलाई रास्वपाका बालेन शाहले कडा चुनौती दिएका छन्। अघिल्लो निर्वाचनमा ओलीले ५२,३१९ मत ल्याए पनि समानुपातिकमा एमालेको मत ३५,८७२ मात्रै थियो। यही क्षेत्रमा राप्रपाको ७,३७० मत ओलीलाई गएको देखिन्छ।

क्षेत्र नम्बर ३ मा भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसका कृष्ण सिटौलालाई करिब ३ हजार मतले हराएका थिए। यहाँ एमालेको करिब १९ हजार मत लिङ्देनतर्फ गएको तथ्यांक छ।

  औपचारिक होइन, व्यवहारिक गठबन्धन

राजनीतिक अंकगणितले स्पष्ट देखाउँछ । झापा–५ मा ओलीलाई राप्रपाको साथ चाहिन्छ । झापा–३ मा लिङ्देनलाई एमालेको मत अपरिहार्य छ । बालेन शाहको बलियो उपस्थितिले ओलीमाथि थप दबाब सिर्जना गरेको छ। यही कारण अन्तिम चरणमा यी क्षेत्रहरूमा विज्ञप्तिमार्फतै ‘मौन सहकार्य’ घोषणा हुन सक्ने स्थानीय मतदाताको आकलन छ।

औपचारिक रूपमा गठबन्धन नभए पनि, यसपटकको चुनाव भित्रभित्रै भइरहेको भोट साटासाटको खेलले निर्णायक मोड लिने संकेत देखिन थालेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...

सरकारका १०० दिन : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन, अनुसन्धान र स्टार्टअप प्रवर्द्धनमा नयाँ अभ्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...

आज प्रतिनिधि सभा बैठक बस्दै, सार्वजनिक खरिददेखि सम्पत्ति शुद्धीकरण विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...

खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा

चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...

गृहमन्त्री गुरुङका १०० दिन : ‘पहिला थुन्ने, अनि सुन्ने’ शैलीमा

काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...

काभ्रेमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...

सल्यानमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...

बुहारीमाथि यौन दुर्व्यवहारको आरोपपछि आत्महत्या, ससुरा पक्राउ

सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...

मनसुन थप सक्रिय, शुक्रबारसम्म भारी वर्षाको सम्भावना; बाढी–पहिरोको जोखिम बढ्यो

काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...

मानसिक स्वास्थ्यको अदृश्य यथार्थ उजागर गर्ने ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending