Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

खबरडबली संवाददाता

काठमाडौँ। दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ‘निर्वाचन परिचालन समिति’ मार्फत सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेतालाई खटाएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् ।

उनका अनुसार कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला सङ्ग्रौलालाई खटाएको छ । कोशीमा सङ्ग्रौलासँगै निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा छन्।

कोशीका सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा नेता अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजङ्ग रायमाझी खटिनुभएको छ । यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिराहा र सप्तरीमा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएको छन् ।

यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौँका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा। केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा। अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ । यस्तै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ । भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दीलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतम खटिएको छन् ।

गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएको छन् । यस्तै स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल खटिएका छन् । गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिएको छन् ।

लुम्बिनी प्रदेशको रूपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा। गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहले जिम्मेवारी पाउँदा कपिलवस्तु, अर्घाखाँची, रुकुम पूर्व, प्युठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई र केशव आचार्य खटिनुभएको छ । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रङ्गमती शाहीले निर्वाचनको जिम्मेवारी पाएको छन् । 

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिनालाई चुनावी कमान्डर बनाइएको छ भने कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा। रणबहादुर रावल र नृपबहादुर वड खटिएको छन् । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्ट खटिएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

काठमाडौँ। दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिध...

संसद विघटनविरुद्धको रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा माघ २८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लाग...

निर्वाचनमा तालमेलको विषय बेमौसमी बाजा: नेकपा उम्मेदवार रञ्जित तामाङ

दमक। झापा क्षेत्र नं. ५ अहिले सबैको ध्यान केन्द्रित भएको निर्वाचन क्षेत्रका रूपमा रहेको छ । यसभन्दा अघि तालमेल तथा गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, साढे ८ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५को ब...

निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

नवलपुर। प्रधानमन्त्री सुशीला कार्कीले अब निर्वाचन सर्ने सम्भावना अन्त्य भएको बताएको छिन् । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ ...

राजनीति असम्भव-सम्भवको खेल हो तर एमाले–नेकपा तालमेलको संभावना न्यून: पृथ्वीसुब्बा गुरुङ

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल नहुने संभावना रहेको बताएका ...

विवाहको जन्ती बोकेको ट्याक्टर पुलबाट खस्दा एक जनाको मृत्यु, ११ घाइते

दमक। सोमबार बेलुका झापाको गौरादहमा बेहुली लिएर फर्कँदै गरेको जन्ती बोकेको ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भन...

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

वासिङ्टन। अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबा...

निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर स्पष्टीकरण मागेको छ। आयोगले सोधेको विषय महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकल...

कांग्रेसको विशेष रणनीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक विशेष रणनीति लागू ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE