Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

चुनावी भीडमा हराउँदै बौद्धिक आवाज, भाइरल चेहराको उभार

खबरडबली संवाददाता

काठमाडौं । प्लेटोले राजनीति न्यायपूर्ण राज्य निर्माण गर्ने कला भनेका थिए। तर आजको चुनावी परिदृश्य हेर्दा राजनीति विचार, अध्ययन र शालीनताभन्दा बढी ‘दृश्यता’ र ‘भाइरलता’ को खेल बनेको अनुभूति हुन्छ। लोकतन्त्रले नागरिकलाई आफ्ना प्रतिनिधि छान्ने अधिकार दिएको छ, तर छानाइको मापदण्ड भने सामाजिक सञ्जालको चर्चा, ठूलो स्वर र उत्तेजक अभिव्यक्तितर्फ सर्दै गएको देखिन्छ।

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पनि यही प्रवृत्ति स्पष्ट देखिन्छ। चुनावी मैदानमा नीति, अर्थशास्त्र, कूटनीति, ऊर्जा, पुनर्निर्माण, कानुन र विकासका क्षेत्रमा लामो अनुभव बटुलेका उम्मेदवारहरू छन्। तर उनीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्राथमिकतामा छैनन्। बरु, चर्चित अनुहार, विवादित अभिव्यक्ति र पपुलिस्ट शैली भएका पात्रहरूले बढी स्थान ओगटिरहेका छन्।

ओझेलमा परेका विज्ञ उम्मेदवार

डा. हरि रोका खोटाङबाट उम्मेदवार छन् । अर्थ–राजनीतिक विश्लेषकका रूपमा परिचित उनी विगत चार वर्षदेखि गाउँमै बसेर कृषि कर्ममा सक्रिय छन् । अध्ययन, विचार र व्यवहारको संयोजन भएका रोका जस्ता पात्र संसद्मा आवश्यक मानिन्छन्, तर चर्चाको केन्द्रमा छैनन्।

डा. गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी, विकास प्रशासनको अनुभव बोकेर चुनावी मैदानमा छन्। भूकम्पपछिको पुनर्निर्माणमा नेतृत्व गरेका उनी नीति निर्माण तहमा उपयोगी हुनसक्ने पात्र मानिन्छन्।

कुलमान घिसिङ, लोडसेडिङ अन्त्य गरेर चर्चित बनेका पूर्व विद्युत् प्राधिकरण प्रमुख, काठमाडौं–३ बाट उम्मेदवार छन्। प्राविधिक दक्षता र व्यवस्थापकीय क्षमताको उदाहरणका रूपमा प्रस्तुत गरिने घिसिङको उम्मेदवारी पनि ‘भाइरल’ विमर्शमा हराइरहेको छ।

डा. अर्जुनकुमार कार्की, पूर्व राजदूत, कूटनीतिज्ञ र विकास चिन्तक, संखुवासभाबाट उम्मेदवार छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्ष राख्दै आएका कार्की संसद्मा बौद्धिक उपस्थिति जनाउन सक्ने व्यक्तित्व हुन् ।

सुहाङ नेम्बाङ, कानुन अध्ययन गरेका युवा, इलाम–२ बाट उम्मेदवार छन्। शालीन शैली र विधिको ज्ञान भएका उनी युवापुस्तामाझ लोकप्रिय भए पनि व्यापक प्रचारमा देखिँदैनन्।

यीसँगै डा. दीपकप्रकाश भट्ट, सचिन तिमिल्सिना, निस्कल राई, मुकेश काफ्ले, डा. स्वर्णिम वाग्ले, डा. जनकराज शाह, मञ्जिल रानालगायत विभिन्न क्षेत्रमा दक्ष उम्मेदवारहरू पनि चर्चाको बाहिरै छन्।

सञ्जालमा छाएका, विवादमा तानिएका

अर्कोतर्फ, सामाजिक सञ्जालमा चर्चित पात्रहरू चुनावी बहसको केन्द्रमा छन्।  आशिका तामाङ अभियन्ता छविका कारण चर्चामा छिन् । राजीव खत्री सामाजिक सञ्जालमा पुराना दलको आलोचना गरेर भाइरल भएका छन्। सुदन गुरुङ जेन–जी आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा आएका छन्, तर अभिव्यक्तिका कारण विवादित पनि बनेका छन्।

निकोलस भुसाल अत्यन्तै महत्वाकांक्षी घोषणापत्रका कारण चर्चामा छन् । सागर ढकाल अघिल्लो निर्वाचनमा चर्चित प्रतिस्पर्धापछि फेरि मैदानमा छन् । महावीर पुन, वैज्ञानिक पृष्ठभूमि भए पनि, भाइरल शैलीका कारण चर्चामा छन्। केपी खनाल सामाजिक सञ्जालमा सेलिब्रेटीसँगका तस्बिरका कारण चिनिएका छन्।

मिडिया र मतदाताको प्राथमिकता

सञ्चारमाध्यम र सामाजिक सञ्जाल दुवैले ‘दृश्यता’ लाई प्राथमिकता दिँदा अध्ययनशील, शालीन र नीतिगत बहस गर्न सक्ने उम्मेदवारहरू छायामा पर्दै गएका छन्। ठूलो स्वर, तीखा अभिव्यक्ति र उत्तेजनात्मक शैलीले ध्यान तान्ने भएकाले त्यस्ता पात्रहरू चुनावी विमर्शमा हावी छन्।

यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, मतदाताको चेतनाको पनि परीक्षा हो। संसद् केवल चर्चित अनुहारका लागि होइन, विचार, नीति र क्षमताको प्रतिनिधित्वका लागि हो। प्लेटोले भनेको न्यायपूर्ण राज्य निर्माण गर्ने राजनीति त्यतिबेलामात्र सम्भव हुन्छ, जब मतदाताले ‘भाइरल’ भन्दा ‘विचार’ रोज्छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending