Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कसलाई चाहिएको छ गठबन्धन ?

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । सार्वजनिक मञ्च र पार्टी कार्यकर्तामाझ चुनावी गठबन्धन हुनै नसक्ने दाबी गर्दै आएका प्रमुख दलका नेताहरूबिच सुषुप्त संवाद भइरहेको छ । मनोनयनअगाडि र परिणामपछि गठबन्धन गर्ने विगतको राजनीतिक अभ्यास रहे पनि यसपटक नेताहरू चुनावमै गठबन्धन गर्न गुप्त संवादमा छन् । उनीहरूबिचको संवादले आकार ग्रहण गरेको छैन र तत्तत् पार्टीका नेताहरूले गठबन्धन स्वीकार्य नरहेको प्रतिक्रिया दिएका छन् । 

जेन–जी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक शक्तिसन्तुलन तथा नयाँ र पुराना भन्ने भाष्यबिच २१ फागुनमा हुन थालेको प्रतिनिधिसभा निर्वाचनमा विघटित संसद्का ठुला दलहरू दबाबमा छन् । तर, आपसी अविश्वास र मतदान थप भड्किन सक्ने सम्भावित जोखिमका कारण उनीहरू खुलेर तालमेल वा सहकार्यको कोर्समा जान सकेका छैनन् ।

एमालेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी सहकार्यको प्रस्ताव गरेको छ । एमाले अध्यक्ष केपी ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी सहकार्यको प्रस्ताव गरेका हुन् । सुरुमा सूत्रमार्फत, त्यसपछि टेलिफोनमा र केही दिनअघि भेटेरै ओलीले सहकार्यको प्रस्ताव राखेको स्रोतले बताएको छ । प्रचण्डले हालैको एक अन्तर्वार्तामा भेटघाट भएको पुष्टि गरेका छन् । 

१६४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा भइसकेका र पार्टीको पक्षमा देशव्यापी माहोल बनेको भन्दै आफूले सहकार्यको प्रस्ताव अस्वीकार गरेको प्रचण्डको दाबी छ । ओलीले देशव्यापी रूपमा नभए पनि केही क्षेत्रमा चुनावी सहकार्य गरेर जान सकिने प्रस्तावसमेत गरेका थिए । झापा ५ मा रास्वपाले भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेका बालेन शाहलाई उतारेपछि ओली व्यक्तिगत रूपमा पनि परम्परागट सिट जोगाउैपर्ने उच्च दबाब र जोखिममा छन् । 

स्रोतका अनुसार ओलीले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग पनि सहयोगको आग्रह गरेका छन् । केही दिनअघि संसद् पुनस्र्थापना र निर्वाचन दुवै परिस्थितिको विषयमा ओली र देउवाबिच छलफल भएको स्रोतले बताएको छ । ११ माघको राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेस–एमालेबिच गठबन्धन बनेको थियो । जेन–जी आन्दोलन हुँदा कांग्रेससहितको गठबन्धनमा ओली प्रधानमन्त्री थिए । विशेष महाधिवेशनबाट कांग्रेसमा नेतृत्व बदलिएको छ । तर, आधिकारिता विवादमा देउवा पक्ष अदालत पुगेको छ । 

शीर्ष नेताहरूबिच लगातार संवाद भइरहेको पाइए पनि कांग्रेस, एमाले र नेकपाका नेताहरूले भने चुनावी तालमेल वा सहकार्यको विषय अस्वीकार गरेका छन् । यति मात्र होइन राप्रपाले पनि गठबन्धनको सम्भावनालाई अस्वीकार गरेको छ । विगतमा एमाले र राप्रपाबिच ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका केही सिटमा तालमेल हुने गरेको थियो । 

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै चुनावी सहकार्यको सम्भावना नरहेको बताए । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा गुरुङले राजनीतिमा असम्भवबाट सम्भव पनि हुने बताए । ‘राजनीतिमा असम्भवबाट सम्भव पनि हुन्छ । दुई–चार दिनमै कोर्स परिवर्तन पनि हुन सक्छ । हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय होइन,’ गुरुङले भने । 

गुरुङले चुनावी सहकार्यका लागि गत २३ र २३ भदौको घटनालाई हेर्ने दृष्टिकोणमा समानता आउनुपर्नेमा जोड दिए । ‘हामीले प्रतिगमन भनिरहेका छौँ । उहाँहरू (नेकपा)ले क्रान्तिकारी काम भन्नुभएको छ । उहाँहरू र हाम्रो राजनीतिक दृष्टिकोण उत्तर र दक्षिणको जस्तो छ । त्यसैले अहिले तालमेल सम्भावना देख्दिनँ,’ गुरुङले भने । उनले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको दाबी पनि गरे ।

कांग्रेस प्रवक्ता देवराज चालिसे चुनावी गठबन्धनको पक्षमा कांग्रेस नभएको बताए । महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको र केन्द्रीय समिति हुँदै विशेष महाधिवेशनले अनुमोदन गरिसकेको स्थितिमा कांग्रेसले चुनावी गठबन्धनबारे सोच्न पनि नसक्ने उनले दाबी गरे । ‘जुन कारण (चुनावी गठबन्धन)ले पार्टीमा विचलन आयो, पार्टीमा क्षति भयो । त्यसकारण हामी चुनावी गठबन्धनको कुरा बिर्सन चाहन्छौँ,’ उनले भने, ‘गठबन्धन नगर्ने भन्ने महासमितिको निर्णय हो । केन्द्रीय समिति र विशेष महाधिवेशनले त्यसलाई अनुमोदन गरेको छ । हामीले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ, कहीँ कसैसँग चुनावी गठबन्धन हुँदैन ।’

चुनावी परिणामपछि सरकार सञ्चालनका लागि भने गठबन्धन हुन सक्ने उनले बताए । ‘हामी एक्लै बहुमत ल्याउने गरी चुनावी मैदानमा खटिएका छौँ । निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन सकेनौँ भने चुनावपछि गठबन्धनबारे छलफल हुन सक्छ,’ चालिसेले भने । देउवा र ओलीबिचको भेटबारे चालिसेले भने, ‘व्यक्तिगत भेटघाटलाई राजनीतिक विषय जोड्न आवश्यक हुँदैन ।’

नेकपाका प्रचार संयोजक अग्नि सापकोटा चुनावी सहकार्यको प्रस्ताव आए पनि नेकपाले अस्वीकार गरेको बताउँछन् । ‘हामीले १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ । हामी वस्तुवादी, वैज्ञानिक र तथ्यका आधारमा अगाडि बढेका छौँ । देशैभरि नेकपाको पक्षमा माहोल बनेको छ । त्यसैले अहिले चुनावी तालमेलको कुनै सम्भावना छैन । तालमेलको प्रस्ताव हाम्रोतर्फबाट स्वीकार्य छैन,’ सापकोटाले भने ।

एमालेका प्रचार संयोजक मीनबहादुर शाही पनि चुनावी तालमेलको सम्भावना नदेखिएको बताउँछन् । यद्यपि, राजनीतिमा सम्भावनाका ढोका सधैँ खुला रहने उनको भनाइ छ । ‘राजनीतिमा सम्भावनाका ढोकाहरू सधैँ खुला नै हुन्छन् । सम्भावनालाई इग्नोर गरेर जाने कुरा त हुँदैन । तर, अहिले नै कुनै पनि दल वा व्यक्तिविशेषको तालमेलको सम्भावना, तालमेलको औपचारिक छलफल र कुराकानी भएजस्तो लाग्दैन,’ उनले भने, ‘बहसको विषयलाई अन्यथा सोच्नु पनि हुँदैन । सम्भावनाका विभिन्न कोणमा छलफल हुन सक्छ । तर, अहिले अध्यक्षहरूकै बिचमा, नेताहरूको बिचमा छलफल भएर नीतिगत तहमा पुग्ने अवस्था होइन ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो निर्वाचनमा कसैसँग पनि तालमेल नहुने बताएका छन् । राप्रपाले विगतमा एमालेसँग चुनावी तालमेल गर्दै आएको थियो । ०७४ मा एमाले र माओवादी मिलेर गठबन्धन गरेको स्थितिमा देशव्यापी माहोल बन्दा पनि ओलीले झापामा राप्रपासँग तालमेल गरेका थिए । तर, यसपालि कसैसँग पनि तालमेल नहुने उनले जिकिर गरेका छन् । ‘एउटा सानो झुन्ड झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ भनेर सुनियोजित रूपमा प्रचारमा उत्रेर भ्रम सिर्जना गर्ने कोसिस गरिरहेको छ । म शालीनतापूर्वक आग्रह गर्छु– यो पनि निर्वाचन आचारसंहिता र साइबर कानुनको उल्लंघन हो,’ लिङ्देनले भनेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बरहथवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्...

क्यान्सरबाट हरेक वर्ष जान्छ दश लाख मानिसको ज्यान

काठमाडौँ । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रु...

नेपाली कामदारकै निम्ति ईपीएसको नियम फेर्न दक्षिण कोरियाद्वारा अस्वीकार

काठमाडौं । रोजगारीका निम्ति दक्षिण कोरिया लैजाने नेपाली कामदारकै निम्ति रोजगार अनुमति प्रणाली (ईपीएस) को विद्यमान नियममा परिवर्तन गर्न नसकिने कोरियाली...

खपत बढेपछि ग्यास आपूर्ति बढाउँदै निगम

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ । केही दिनयता काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो । भ...

कसलाई चाहिएको छ गठबन्धन ?

काठमाडौं । सार्वजनिक मञ्च र पार्टी कार्यकर्तामाझ चुनावी गठबन्धन हुनै नसक्ने दाबी गर्दै आएका प्रमुख दलका नेताहरूबिच सुषुप्त संवाद भइरहेको छ । मनोनयनअगा...

मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित

गोरखा। हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ । सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला...

आज तराईमा कुहिरो, उच्च पहाडी भागमा हिमपात र वर्षाको सम्भावना

 काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भन...

निर्वाचन: मुस्ताङमा हिमपातको डर

मुस्ताङ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान क...

बागलुङका मतदाताको गुनासो- आश्वासन धेरै पायौँ, अब विकास चाइयो

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद...

निर्वाचन २९ दिन बाँकी: समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE