Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

टी–२० विश्वकपमा नेपालमाथि इटालीको ऐतिहासिक जित

खबरडबली संवाददाता

काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार इटालीले नेपालमाथि १० विकेटको ऐतिहासिक जित निकालेको हो।

टी–२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। यसअघि नेपालले विश्वकपको खेलमा कहिल्यै १० विकेटले हार ब्यहोरेको थिएन। पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गरेको इटालीले पहिलो जित निकालेको हो। यसअघि उसले पहिलो खेलमा स्कटल्यान्डसँग पराजय भोगेको थियो।

नेपाल भने समूहमा लगातार दुई खेलमा पराजित भएसँगै समूह चरणबाट बाहिरिने सँघारमा पुगेको छ। अब नेपालले आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डससँग खेल्दै छ। यी दुवै खेल जिते पनि नेपालको हातमा सुपर ८ पुग्ने समीकरण हुने छैन। आजको हारले नेपालले १२ वर्षपछि विश्वकपमा जित निकाल्ने लक्ष्य पूरा गर्न सकेन। सन् २०१४ मा अफगानिस्तानले हराएपछि नेपाल विश्वकपमा जितविहीन छ।  नेपालमाथि सहज जित निकाल्ने क्रममा इटालीले १२४ रनको लक्ष्य १२.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। उसले ४४ बल खेल्न बाँकी छदा लक्ष्य पूरा गरेको हो।

इटालीका लागि जस्टिन मोस्काले नटआउट ६० रन र एन्थोनी मोस्काले नटआउट ६२ रन बनाए। जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए।   उसका लागि मोस्का दाजुभाइले उत्कृष्ट ब्याटिङ गरे। नेपाली ब्याटरले संघर्ष गरेको पिचमा उनीहरूकै सजिलै रन प्रहार गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending