Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनबारे परामर्श, सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

खबरडबली संवाददाता

ताप्लेजुङ। प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गरेको छिन् । 

शुक्रबार बिहान ताप्लेजुङ आएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा परामर्श गरेको हो । ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गरेको छिन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिएको छिन् । दक्षिणपूर्वमा भारतको सिक्किम र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रम कार्कीले निर्देशन दिइन्। 

उनहाँले संवेदनशीलसँगै सम्भावित हुलदङ्गा हुने मतदान स्थलका लागि सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको छ । परामर्श कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जिल्लाको सुरक्षा स्थिति, मतदानस्थल र केन्द्रसहित निर्वाचन वातावरणबारे प्रधानमन्त्री कार्कीसमक्ष अवगत गराउनुभएको बुझिएको छ । 

कार्यक्रममा जिल्लास्थित दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपछि सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकलगायत सहभागी भएको थिए ।

यता प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गरेको छिन् । बिहान ८ बजे ताप्लेजुङ आइपुगेका प्रधानमन्त्री कार्कीले सुरुमा पाथीभरा दर्शन गरेको र त्यसपछि सदरमकाम फुङ्लिङमा मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखसँग परामर्श तथा छलफल गरेको हो ।

प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्र रहेको छ । जिल्लाको ८० मतदानस्थलमध्ये २८ वटा अति सम्वेदनशील सूचीमा छ । त्यस्तै, जिल्ला सुरक्षा समितिले बाँकी २५ वटा सम्वेदनशील र २७ मतदानस्थल सामान्य सूचीमा वर्गीकरण गरेको छ । ताप्लेजुङको मतदाता सङ्ख्या भने ९० हजार ३२७ रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विकास प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...

पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो, सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...

प्रतिनिधिसभाका समितिका सभापतिले लिए शपथ

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...

गुण्डागर्दीविरुद्ध प्रहरीको कडा अभियान, १ हजार बढी व्यक्तिको प्रोफाइल तयार

काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...

ट्रेड युनियन खारेज घोषणा कार्यान्वयन भएन, कर्मचारी संगठनहरू सरकारसँग मागसहित उपस्थित

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...

संसदका समितिहरू पूर्ण: १२ वटै संसदीय समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...

स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...

सङ्घीय निर्देशनविपरीत तनहुँमा पठनपाठन सुरु

तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending