Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन, सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक

खबरडबली संवाददाता

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्रित भएर आयोगले यस्तो निर्देशन दिएको हो।

आयोगले उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न पाउने, प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने जनाएको छ। 

मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ। 

आयोगले निर्वाचनसम्बन्धी खर्च गर्दा अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्नेछ र २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा बैङ्क खातामार्फत मात्र लिनुपर्ने बताएको छ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्नेछ निर्देशनमा उल्लेख छ।

टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अङ्कित सामग्री वितरण र प्रयोग गर्न नमिल्ने, ७५ ग्रामको कागजमा ३०० वर्ग इन्चसम्मको एउटै रङ्गको पर्चा मात्र वितरण गर्न पाइनेछ। डिजिटल बोर्ड, फ्लेक्स र भित्ते लेखन पूर्णत: निषेध गरिएको छ।

निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुईवटा सवारी साधन मात्र प्रयोग गर्न पाइनेछ भने सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक लगाइएको छ।

निर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकालाई प्रयोग गर्न कडाइका साथ रोक लगाइएको छ। निर्वाचन कार्यक्रममा प्लास्टिक वा पोलिथिनजस्ता अजैविक सामग्रीको प्रयोग गर्न पाइने छैन। प्रयोग भएका प्रचार सामग्रीको उचित व्यवस्थापन सम्बन्धित दल वा उम्मेदवारले नै गर्नुपर्नेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी विद्यालयहरूले भन्यो: वैशाखको शुल्क अनिवार्य तिर्नपर्छ, भ्रामक प्रचारमा नर्पन आग्रह

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूका चार प्रमुख छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने स्पष्ट पारेका छन्। सा...

संसद्का १२ समितिका सभापति चयन हुँदै

काठमाडौँ। सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा...

त्रिवेणी–दुम्किबास सडकमा प्रधानमन्त्रीको चासो

नवलपुर। गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० को काम तत्काल अगाडि बढ्ने भ...

अनधिकृत रूपमा कब्जा गरिएका जग्गा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ...

गृहमन्त्री गुरुङले बोके इन्स्पेक्टर लामाको शव

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको मृत्यु भएको छ। चैत २९ गते तार्क...

कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्। मृतकका आफन्तका अनुसार ...

उद्धार उडानमा प्रक्रिया सहज, बिरामीलाई राहत

मुस्ताङ। निषेधित क्षेत्रमा हुने उद्धार उडानको प्रक्रियागत झन्झट हटेसँगै सिकिस्त बिरामीलाई राहत पुगेको छ । गत वर्ष जेठ महिनामा उपल्लो मुस्ताङको लो–घ...

धनुषामा बाँसघारीमा ६० वर्षीय पुरुष मृत फेला

ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा ...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending