Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

क्रान्तिको आधारभूमिबाट विकासको नयाँ अध्यायः हुकाममा प्रचण्डको समाजवाद निर्माण संकल्प

खबरडबली संवाददाता

रुकुमपूर्व । पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको क्रान्तिकारी यात्राबाट अब विकास, समृद्धि र समाजवाद निर्माणको ऐतिहासिक अभियानमा प्रवेश गरेको बताएका  छन्।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका प्रचण्डले रुकुमपूर्वको सिस्ने गाउँपालिका–हुकाममा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिदेखि विकाससम्मको यात्रालाई नयाँ चरणमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उननले विगत स्मरण गर्दै भनने, “हिजो हामी हातमा बन्दुक बोकेर जनयुद्ध र क्रान्तिको मैदानमा उत्रिएका थियौँ, आज विकास र समृद्धिका औजार बोकेर समाजवाद निर्माणको यात्रामा आएका छौँ।” रुकुमले क्रान्तिको आधारभूमि बनेर देशको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै अब यही भूमिबाट विकास र आर्थिक समृद्धिको नयाँ अध्याय सुरु गरिने उनले स्पष्ट पारे।

कार्यक्रममा बोल्दै प्रचण्डले जनमुक्ति सेनाका कमाण्डर तथा माओवादी नेता कालीबहादुर खाम ‘विविध’को योगदानको विशेष स्मरण गरे। विविधकै गृहगाउँ हुकाममा पुगेर उनले उनीसँगको आत्मीय सम्बन्धबारे चर्चा गर्दै केही दिनअघि कारागारमा भेट गरेको र स्वास्थ्योपचारको व्यवस्था मिलाइएको जानकारी दिए । उनको शीघ्र रिहाइका लागि पहल भइरहेको पनि उनले बताए।

त्यसैगरी, उननले ओमप्रकाश घर्तीलगायत स्थानीय नेताहरूसँगको पुरानो सम्बन्ध स्मरण गर्दै रुकुमसँग आफ्नो भावनात्मक सम्बन्ध गहिरो रहेको उल्लेख गरे। जनताको बलिदान र संघर्षकै कारण महिला, दलित, आदिवासी जनजाति, मुस्लिम र मधेसी समुदायले अधिकार र आत्मसम्मान प्राप्त गरेको दाबी गर्दै ती उपलब्धिलाई संस्थागत र सुदृढ बनाउन आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ थियो।

“रुकुमले क्रान्तिको ढोका खोलेको थियो, अब यही भूमिले विकास र समृद्धिको ढोका खोल्नेछ,” उनले भने, “हामीले सुरु गरेको संघर्षको अन्तिम लक्ष्य समाजवाद निर्माण हो, र त्यसका लागि जनताको साथ र विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।”

हुकाममा आयोजित कार्यक्रममा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। प्रचण्डले आफ्नो उम्मेदवारी केवल निर्वाचन जित्नका लागि नभई क्रान्तिले स्थापित गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै विकास र समाजवादको दिशामा अघि बढाउनका लागि भएको स्पष्ट पारे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: