Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

पाँच वर्षमा पाँच क्रान्ति गर्ने शंकर पोखरेलको प्रतिबद्धता

खबरडबली संवाददाता

दाङ। दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच वर्षभित्र पाँच क्रान्ति गर्ने संकल्प सार्वजनिक गरेको छन्।

उनले आफ्नो निर्वाचन घोषणापत्रमार्फत आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गरेको हो। पोखरेलले ‘५ वर्षमा ५ क्रान्ति’ शीर्षकको संकल्पपत्र सार्वजनिक गर्दै रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गरेको छन्।

शिक्षा क्षेत्रमा गुणस्तरीय र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उनको योजना छ। स्वास्थ्य सेवा क्रान्तिको अङ्गमा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ।

त्यसैगरी प्रविधिमा क्रान्ति अन्तर्गत डिजिटल पूर्वाधार विकास, स्मार्ट सेवा प्रणाली र युवालाई प्रविधिमैत्री अवसर प्रदान गरिने लक्ष्य राखिएको छ। सुशासनका क्षेत्रमा पारदर्शिता, जवाफदेहिता, छिटो र प्रभावकारी सेवा प्रवाह तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिइएको छ।

पोखरेलले सङ्कल्प सार्वजनिक गर्दै मतदानको विश्वासको वातावरण बनाउँदै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्लाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघको निर्णय

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत अत्यधिक बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ...

महसुल बुझाउनु पर्छ आउँदैन पानी

विराटनगर। विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल...

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।   कामपाका कार्...

अब दम्भ, अहंकार वा शक्ति प्रदर्शनतर्फ नलागी पार्टी एकतामा केन्द्रित हुनुपर्छ: अर्जुननरसिंह केसी

काठमाडौं । अर्जुननरसिंह केसीले नेपाली कांग्रेस भित्र सबैको ध्यान पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले विशेष अधिवेशनको वै...

ग्यास अभावसँगै बर्दीबासमा विद्युतीय चुल्होको माग उच्च

बर्दीबास। खाडी क्षेत्रमा चर्किँदै गएको युद्धका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि बर्दीबासका उपभोक्ताहरू विद्युतीय चुल्होतर्फ आकर्षि...

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथो...

विकास प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...

पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो, सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...

प्रतिनिधिसभाका समितिका सभापतिले लिए शपथ

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending