Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

इरानको हमलामा युएईमा मृत्यु हुने नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । इरानको ड्रोन हमलामा परी संयुक्त अरब इमिरेट्स ९युएई०मा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको जानकारी दिएको हो।

राजदूतावासका अनुसार जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको ज्यान गएको हो। उक्त घटनाबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ।

‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोरखा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक कूटनीतिक पहल अघि बढाइएको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको  ...

दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता

नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...

‘मौन अवधि’ के हो ? उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...

म प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको थिए : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...

इजराइल–अमेरिका र इरानबीच युद्ध चर्कियो, साउदीको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला

तेहरान। इरान, इजराइल र संयुक्त राज्य अमेरिकाबीच जारी युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्व क्षेत्रमा तनाव थप बढेको छ। यसैबीच इरानले साउदी अरेबि...

बाँकेका मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझे

नेपालगन्ज। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि बाँकेका मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरुले सोमवार निर्वाचन सामग्री बुझेका छन् ।  ...

इरानको हमलामा युएईमा मृत्यु हुने नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ

काठमाडौं । इरानको ड्रोन हमलामा परी संयुक्त अरब इमिरेट्स ९युएई०मा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार...

झापा–५ र सर्लाही–४ मा उच्च सुरक्षा सतर्कता, सादा पोशाकका प्रहरी परिचालन

काठमाडौं । निर्वाचनका दृष्टिले संवेदनशील मानिएका झापा जिल्ला (क्षेत्र नं. ५) र सर्लाही जिल्ला (क्षेत्र नं. ४)मा विशेष सुरक्षा रणनीति अपनाइएको छ। हेभिव...

रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारहरूका सङ्कल्पहरू

रुकुमपूर्व । रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासद...

निर्वाचन शान्तिपूर्ण र ऐतिहासिक बनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । देशबासीका नाममा सम्बोधन गर्दै सुशीला कार्की ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE