काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज, आलु, सागसब्जी, फलफूलदेखि माछासम्मका भाउ सार्वजनिक गरिएको हो ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ र भारतीय गोलभेँडा ८० रुपैयाँ पुगेको छ । लोकल सानो गोलभेँडा ३५ रुपैयाँ, टनेल गोलभेँडा ६२ रुपैयाँ तथा भारतीय सानो गोलभेँडा ३९ रुपैयाँ कायम गरिएको छ । आलु रातो (लाम्चो) ३५ रुपैयाँ, आलु रातो (गोलो) २८ रुपैयाँ र भारतीय सुकेको प्याज ३६ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
तरकारीतर्फ गाजर ६०, बन्दा ४०, काउली ४०, सेतो मूला २५, लाम्चो भन्टा ४० र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलो कायम भएको छ । बोडी ५०, मटरकोसा ७०, घिउ सिमी ६० देखि १०० रुपैयाँसम्म, भटमासकोसा १३० र करेला ५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
हरियो सागसब्जीमा पालुङ्गो, मेथी र चमसुरको साग प्रतिकिलो १२० रुपैयाँ कायम हुँदा रायोसाग ८० रुपैयाँमा बिक्री हुने भएको छ । च्याउको मूल्य भने उच्च देखिएको छ । कन्य च्याउ २५०, डल्ले च्याउ ४५०, राजा च्याउ ३२० र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३२५ रुपैयाँ, मालभोग केरा दर्जनको २२० रुपैयाँ, कागती २६० रुपैयाँ, अनार ४४० रुपैयाँ र दसहरी आँप २८० रुपैयाँ पुगेको छ । हरियो अङ्गुर २८०, तरबुजा ३५, मेवा ९० देखि १०० रुपैयाँ तथा एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
मसलाजन्य वस्तुमा अदुवा १६० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो खुर्सानी ६० देखि १०० रुपैयाँसम्म कायम गरिएको छ । नेपाली सुकेको लसुन १२० रुपैयाँ र चाइनिज लसुन १९० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
त्यस्तै ताजा माछामा रहु ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी माछा २६० रुपैयाँ प्रतिकिलो तोकिएको समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ०८:४७
गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...
जेष्ठ ११ गते, २०८३ - ०८:४३
काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...
जेष्ठ ११ गते, २०८३ - ०८:३५
पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश
जेष्ठ ११ गते, २०८३ - ०८:३०
काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...
जेष्ठ ११ गते, २०८३ - ०८:१७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...
जेष्ठ ११ गते, २०८३ - ०८:१५
सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...
जेष्ठ ११ गते, २०८३ - ०८:१३
काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशभरको मौसम मिश्रित बनेको छ।...
जेष्ठ १० गते, २०८३ - २२:०२
कैलाली । सुदूरपश्चिममा कांग्रेसभित्रको शक्ति संघर्ष खुला विद्रोहमा बदलिन थालेको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाविरुद्ध देउवा पक्ष खुलेरै मैदा...
जेष्ठ १० गते, २०८३ - २१:५०
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ । आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयो...
जेष्ठ १० गते, २०८३ - २१:४८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउन...



प्रतिकृया लेख्नुहोस्: