काठमाडौं । सर्वाेच्च अदालत ले तीन आधार प्रस्तुत गर्दै नेपाली कांग्रेसको नेतृत्वमा गगन कुमार थापालाई वैधता दिएको छ। देउवा पक्षले र्निवाचन आयाेगकाे निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले संक्षिप्त आदेशमार्फत यस्तो निर्णय सुनाएको हो।
पहिलो आधार : उजुरी कानुनी रूपमा मान्य नठहर
अदालतले देउवा पक्षले पदाधिकारीमाथिको कारबाहीबारे निर्वाचन आयोगलाई दिएको जानकारी तथा विशेष महाधिवेशनसम्बन्धी पत्रलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गतको औपचारिक उजुरी मान्न नमिल्ने ठहर गरेको छ। त्यसकारण उक्त आधारमा कारबाही सदर गर्न नसकिने आदेशमा उल्लेख छ।
दोस्रो आधार : निर्वाचनमार्फत राजनीतिक वैधता
सर्वोच्चले केन्द्रीय पदाधिकारीको हेरफेर अद्यावधिक भइसकेपछि थापा नेतृत्वको हस्ताक्षरबाट फागुन २१ मा सम्पन्न संघीय संसद् निर्वाचन प्रक्रिया अघि बढेको र निर्वाचन सम्पन्न भई राजनीतिक वैधता स्थापित भइसकेको जनाएको छ।
आदेशमा भनिएको छ—संघीय संसद्को निर्वाचनमा उम्मेदवारी मनोनयन भई निर्वाचन सम्पन्न भइसकेपछि रिट दायर गर्दाको अवस्थाभन्दा सारभूत परिवर्तन भइसकेको देखिन्छ। यस्तो अवस्थामा विशेष महाधिवेशन बोलाउने भनी निकालिएको वक्तव्यको औचित्य समाप्त भएको देखिन्छ।
तेस्रो आधार : आयोगको निर्णयमा हस्तक्षेप अस्वीकार
अदालतले निर्वाचन आयोगले उपलब्ध कागजात र कानुनी प्रावधानअनुसार निर्णय गरेको उल्लेख गर्दै त्यसमा न्यायिक हस्तक्षेप गर्न उपयुक्त नदेखिएको ठहर गरेको छ।
यससँगै कांग्रेसभित्रको नेतृत्व विवादमा सर्वोच्चको निर्णयले थापा नेतृत्वलाई औपचारिक वैधता दिएको छ। निर्णयपछि पार्टीभित्रको शक्ति समीकरण र आगामी राजनीतिक प्रक्रियामा यसको प्रभावबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - ०८:३३
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि चर्किएको छ। पछिल्ला केही सातामै पटक–पटक समाय...
बैशाख ५ गते, २०८३ - ०६:५०
काठमाडौं । सर्वाेच्च अदालत ले तीन आधार प्रस्तुत गर्दै नेपाली कांग्रेसको नेतृत्वमा गगन कुमार थापालाई वैधता दिएको छ। देउवा पक्षले र्निवाचन आयाेगकाे निर्...
बैशाख ५ गते, २०८३ - ०६:४५
काठमाडौँ। हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, बागम...
बैशाख ४ गते, २०८३ - २२:०२
काठमाडौं । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका ल...
बैशाख ४ गते, २०८३ - २१:५३
बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत ...
बैशाख ४ गते, २०८३ - २१:४५
नयाँ सरकारलाई पनि पुरानै चुनौती
बैशाख ४ गते, २०८३ - २०:४४
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्द...
बैशाख ४ गते, २०८३ - २०:३६
रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलल...
बैशाख ४ गते, २०८३ - २०:३०
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज ...
बैशाख ४ गते, २०८३ - २०:२२
दाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल...


प्रतिकृया लेख्नुहोस्: