Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

मुस्ताङमा बेमौसमी हिमपात: गर्मीयाम शुरू हुँदा पनि सेताम्मे बन्यो मुक्तिनाथ

खबरडबली संवाददाता

काठमाडौँ । मुस्ताङ भ्रमणका लागि यतिबेला सबैभन्दा अनुकूल मौसम मानिए पनि यहाँको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ । हिउँदयामको चिसो टरेर गर्मी शुरू भइसक्दा पनि बुधबार वारागुङ मुक्तिक्षेत्रमा करिब एक घण्टाभन्दा बढी समय हिउँ परेको हो ।

मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरका स्वास्थ्यकर्मी सरोज घर्तीका अनुसार हिमपातका कारण आसपासका नाँगा डाँडाकाँडा फेरि सेताम्मे भएका छन् भने चिसो समेत बढेको छ । यस वर्ष मुक्तिनाथ क्षेत्रमा आठौँ पटक हिमपात भएको हो ।

वसन्त ऋतुको समयमा, जहाँ पालुवा पलाएर प्रकृति गुल्जार हुनुपर्ने हो, त्यस्तो बेला मौसम प्रतिकूल बन्नुलाई स्थानीयले जलवायु परिवर्तनको असरका रूपमा लिएका छन् । वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले बेमौसमी हिमपातका कारण मुक्तिनाथ यात्रामा रहेका दर्शनार्थीलाई असहज हुनुका साथै अन्नबाली र विशेष गरी फुल्दै गरेका स्याउका फूलहरू नष्ट हुने चिन्ता बढेको बताए ।

स्थानीय खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले वैशाख महिनामा हिउँ पर्नु अनौठो र चिन्ताजनक रहेको उल्लेख गरे । हिउँदयाममा हुने हिमपात कृषि र माटोको चिस्यानका लागि फाइदाजनक हुने भए पनि बालीनाली लगाउने र फुल्ने समयमा भएको यो बेमौसमी वर्षा र हिउँले पर्यटन र कृषि दुवै क्षेत्रमा नकारात्मक असर पु¥याउने देखिएको छ । यसअघि नै स्थानीयले हिउँदयामको बिदाइ र बर्खाको स्वागत स्वरूप ‘धछ्याङ’ पर्व मनाइसकेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी डोजरविरुद्ध सुकुम्बासी एकजुट, श्रम संस्कृति पार्टी सडकमा

काठमाडौँ । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाउने अभियान तीव्र बन्दै जाँदा विभिन्न स्थानका भूमिहीन र सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक ...

उपराष्ट्रपति नै राष्ट्रिय सभाअध्यक्ष, समानुपातिक र जिसस खारेज गर्नु पर्छः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क र...

इलामकाे रोङ गाउँपालिकाले एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिक...

काभ्रेमा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन्...

समस्याग्रस्त १० सहकारीका ‘ठूला ऋणी’ सार्वजनिक, असुली प्रक्रियामा कडाइ

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले सूचना जार...

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । ती...

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । क...

मुस्ताङमा बेमौसमी हिमपात: गर्मीयाम शुरू हुँदा पनि सेताम्मे बन्यो मुक्तिनाथ

काठमाडौँ । मुस्ताङ भ्रमणका लागि यतिबेला सबैभन्दा अनुकूल मौसम मानिए पनि यहाँको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ । हिउँदयामको चिसो टरेर गर्मी...

यस्तो छ विदेशी मुद्राको विनिमयदरः डलरदेखि कतारी रियालसम्म

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ ०८ पै...

आज केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।  पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण आज देशभरको मौसममा बदली भई चारवटा प्रदेशमा चट्याङसहित वर्षा हुने भएको छ। जल तथा मौसम विज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending